आइतबार, भदौ १४, २०८३

नेकपा सांसद सानु सिवा पहाडीको निधन

लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित पहाडीको उपचारका क्रममा आज बिहान साढे १० बजे काठमाडौं मेडिकल कलेजमा निधन भएको हो। 
 |  बुधबार, असोज २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २८, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य सानु सिवा पहाडीको निधन भएको छ। 

लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित पहाडीको उपचारका क्रममा आज बिहान साढे १० बजे काठमाडौं मेडिकल कलेजमा निधन भएको हो। 

इलामबाट समानुपातिक सांसद बनेकी पहाडीको दुवै मिर्गौलाले काम गर्न छोडेपछि प्रत्यारोपणसमेत गरिएको थियो। जनवादी संगीत गायन र सिर्जनामा पनि यिनको योगदान छ। पहाडीले नेकपाको जनसांस्कृतिक संगठनमा आबद्ध भएर लामो समय काम गरेकी थिइन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडीको निधनमा दुःख व्यक्त गरेका छन्। ओलीले ट्विटरमा लेखेका छन्, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

प्रकाशित: Oct 14, 2020| 06:50 बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।