आइतबार, भदौ १४, २०८३

कोरोना परीक्षण निःशुल्क गर्न सर्वोच्चको आदेश 

सर्वोच्च अदालतले कोरोना परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको छ। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– सर्वोच्च अदालतले कोरोना परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको छ। 

न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको मंगलबार सार्वजनिक पूर्णपाठमा कोरोना परीक्षण निःशुल्क गर्न आदेश दिएको हो। 

अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले परीक्षणका लागि गएका व्यक्तिको अनिवार्य कोरोना परीक्षण गराउन पनि आदेश दिएको छ। 

फैसलामा सरकारले कोभिड–१९ सरुवा रोग भएको स्वीकार गरेकाले यसको सबै प्रकारको उपचार र परीक्षण निःशुल्क हुनुपर्ने उल्लेख गरिएको छ। 

भिसा प्रयोजनका लागि गएका व्यक्तिको पनि अनिवार्य र निःशुल्क परीक्षण गर्न आदेश दिइएको छ। त्यस्तै फैसलामा निजी अस्पताल नाफामुलक भए पनि सरकारले दिएको शुल्कको निर्देशनलाई पालना गरेर अगाडि बढ्नुपर्ने जनाइएको छ। 

प्रकाशित: Oct 13, 2020| 16:14 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।