आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जिल्ला प्रशासन काठमाडौंमा अत्यावश्यकबाहेक सेवा बन्द

जिल्ला प्रशासन काठमाडौंमा अत्यावश्यकबाहेक सेवा बन्द

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बुधबारदेखि बन्द गर्ने निर्णय गरेको छ। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बुधबारदेखि बन्द गर्ने निर्णय गरेको छ। 

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्। 

‘उपत्यकामा कोभिड–१९ संक्रमणको दर अत्यधिक बढिरहेको सन्दर्भमा काठमाडौं जिल्ला समेत यसको प्रभावबाट उच्च जोखिममा रहेको र यस कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भीडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहिहरुमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण सेवाहरु बन्द गर्ने निर्णय भएको छ,’ सूचनामा भनिएको छ।

कोभिड–१९ को संक्रमणले भयावह रुप लिन सक्ने अवस्थालाई मध्यनजर गरी जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ समेतको छलफल, परामर्श एवं निष्कर्षका आधारमा बुधवारदेखि अर्को सूचना नभएसम्मको लागि जिल्ला प्रशासन कार्यालयाबाट हाल प्रवाह भइरहेका सेवाहरु स्थगित गरिएका हुन्।

शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाई सम्बन्धि सेवा र विपद व्यवस्थापन सम्बन्धी सेवा नियमित सञ्चालनमा रहने छन्।

नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिति वितरण, हातहतियार दर्ता, नविकरण, संस्था दर्ता पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनीको नविकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु स्थगित गरिएका छन्। 
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार अत्यावश्यक सेवाका लागि आउने सेवाग्राही वा व्यक्तिले अनिवार्य रुपमा सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा गरी मास्क प्रयोग गरेर मात्रै आउनुपर्नेछ। 

त्यस्तै साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग, सामाजिक भौतिक दूरी कायम राख्नुपर्ने, कोरोनाको लक्षण देखिएका वा रुघाखोकी लागेका व्यक्तिहरुलाई प्रवेश निषेध गरिएको छ। संक्रमणको अवस्थालाई मध्यनजर गरी सेवा प्रवाहको निरन्तरताको विषयमा आवश्यकता अनुसार निर्णय लिन सकिने जनाइएको छ। 
 

प्रकाशित: Oct 13, 2020| 12:42 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।