आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीको तलब बैंकमार्फत भुक्तानी गरेमात्रै स्वास्थ्य संस्था नवीकरण हुने  

स्वास्थ्यकर्मीको तलब बैंकमार्फत भुक्तानी गरेमात्रै स्वास्थ्य संस्था नवीकरण हुने  

नर्स तथा अन्य स्वास्थ्यकर्मीको तलब भत्ता बैंकमार्फत भुक्तानी गरेपछि मात्रै स्वास्थ्य संस्था संचालन तथा स्तरोन्नति, अस्पताल संचालन स्वीकृति तथा नवीकरण गर्ने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– नर्स तथा अन्य स्वास्थ्यकर्मीको तलब भत्ता बैंकमार्फत भुक्तानी गरेपछि मात्रै स्वास्थ्य संस्था संचालन तथा स्तरोन्नति, अस्पताल संचालन स्वीकृति तथा नवीकरण गर्ने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

नेपाल नर्सिङ संघले नर्सहरुलाई न्यून तलब दिई शोषण गरेको भन्दै समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेपछि स्वास्थ्य मन्त्रालयले तलब भत्ता बैंकमार्फत भुक्तानी गराउन सम्बन्धित निकायलाई निर्देशन दिन गुणस्तर मापन नियमन महाशाखा, समन्वय महाशाखा, स्वास्थ्य सेवा विभाग र अनुगमन तथा मूल्यांकन शाखालाई पत्र काटेको छ । 

साथै निजी तथा सामुदायिक अस्पताल, मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरुले स्वास्थ्य उपकरणको आयात अनुमति, भन्सार छुट लगायतका सुविधाको सिफारिस गर्नुअघि अनिवार्य रुपमा त्यस स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको तलब भत्ता बैंकिङ प्रणाली मार्फत भुक्तानी गरेको कागजात पेश गर्नुपर्ने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाले सूचना जारी गर्दै उक्त कुरा जनाएको हो । 

निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुलाई न्यून तलब दिई शोषण गरेको, समयमा तलब नदिएको भनि लिखित तथा मौखिक निवेदन परेको भन्दै नर्सिङ संघले मन्त्रालयलाई अनुरोध गरेको थियो। 

महाशाखाले आफू मातहतका ४ विभागलाई निर्णय कार्यान्वयन गराउन आग्रह गरेको छ । 

प्रकाशित: Oct 13, 2020| 12:29 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।