आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दसैंतिहारमा प्रहरीले ४८ हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने

दसैंतिहारमा प्रहरीले ४८ हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने

नेपाल प्रहरीले दसैंतिहारलाई लक्षित गरी देशैभर ४८ हजार ८३० जनशक्ति परिचालन गर्ने भएको छ। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– नेपाल प्रहरीले दसैंतिहारलाई लक्षित गरी देशैभर ४८ हजार ८३० जनशक्ति परिचालन गर्ने भएको छ। 

प्रहरी प्रधान कार्यालयले तयार गरेको सुरक्षा योजना अन्तर्गत उपत्यकामा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातवटै प्रदेशमा रहेका कार्यालयले जनशक्ति परिचालन गर्ने भएका हुन्।

नेपाल प्रहरीका अनुसार ट्राफिकसहितको संयुक्त चेकिङ र यात्रु सहायता कक्ष पनि स्थापना गरिने भएको छ। ४९० ट्राफिक प्रहरीसँगको संयुक्त चेकिङ र २६४ यात्रु सहायता कक्ष राखिने नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ७ हजार ५५० जनशक्ति, ट्राफिक सहितको संयुक्त चेकिङ ५४ र यात्रु सहायता कक्ष २९ वटा राख्ने छ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले ७ हजार ९२२ जनशक्ति, ८३ संयुक्त चेकिङ र ३५ यात्रु सहायता कक्ष, प्रदेश २ प्रहरी कार्यालयले ७ हजार ३१० जनशक्ति, ५४ संयुक्त चेकिङ र ३३ यात्रु सहायता कक्ष राख्ने भएको छ।

त्यस्तै बागमती प्रदेश प्रहरी कार्यालय ४ हजार १५३ जनशक्ति, ६२ संयुक्त चेकिङ र ३९ यात्रु सहायता कक्ष, गण्डकी प्रदेश प्रहरी कार्यालय ५ हजार ३०३ जनशक्ति, ७३ संयुक्त चेकिङ र ३६ यात्रु सहायता कक्ष राख्ने जनाइएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले ७ हजार ८२५ जनशक्ति, ८७ संयुक्त चेकिङ र ४२ यात्रु सहायता कक्ष, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ३ हजार ७१७ जनशक्ति, २८ संयुक्त चेकिङ र १० यात्रु सहायता कक्ष र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले ५ हजार ५० जनशक्ति, ४९ संयुक्त चेकिङ र ४० यात्रु सहायता कक्ष राखिने नेपाल प्रहरीले जानकारी दिएको छ।

आवश्यकता अनुसार विभिन्न चेक प्वाईन्टमा कुकुरको प्रयोग गरिने र ड्रोनको समेत प्रयोग गरिने नेपाल प्रहरीले तयार पारेको सुरक्षा योजनामा उल्लेख छ। 
 

प्रकाशित: Oct 13, 2020| 12:23 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।