काठमाडौं– बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा टिकाबल्भब सापकोटा नियुक्त भएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षका लागि काभ्रेका सापकोटालाई उपाध्यक्षमा नियुक्त गरेको हो।
बैठकले प्रदेश सुशासन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत र भैंसे भीमफेदी सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा निर्धारण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए।