विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१९ जना कोरोना संक्रमित थपिएका छन्।
सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ८१ महिला र १३० पुरुष छन्। सुनसरीकै इटहरीमा ११९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
मोरङको विराटनगरमा ३१, रतुवामाईमा १२, बुढीगंगामा ७, कटहरीमा २, सुन्दरहरैचा, मिक्लाजुङ, धनपालथान र लेटाङमा १–१, झापाको दमकमा ५, विर्तामोड र गौरादहमा १–१, उदयपुरको बेलकामा ३, रौतामाईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
उता भोजपुरको पडानन्द, पाँचथरको कुम्बायक र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार १७० पुगेको छ।
प्रदेश १ मा मंगलबार १९ जना डिस्चार्ज भएका छन् । मेची अस्पतालबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ४–४, धाईजन आईसोलेसन केन्द्रबाट २ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन्। हालसम्म ४ हजार ८७३ जना डिस्चार्ज भएका छन्।
प्रदेश १ मा मंगलबार १ हजार २३६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ३९ हजार ९२८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।