आइतबार, भदौ १४, २०८३

कोरोना परीक्षण शुल्क एक हजारमात्र

नेपालमा कोरोना परीक्षण अब एक हजार रुपैयाँमै नै हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन बेस्ड टेस्टको शुल्क हजार रुपैयाँ तोकेको हो। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– नेपालमा कोरोना परीक्षण अब एक हजार रुपैयाँमै नै हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टीजेन बेस्ड टेस्टको शुल्क हजार रुपैयाँ तोकेको हो। 

कोरोनाको लागि राष्ट्रिय परीक्षण मापदण्डको चौथो संशोधन गरेको बताउँदै मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेशनल टेस्टिङ गाइडलाइन चौथो संशोधन स्वीकृत भएको बताए।

गाइडलाइनमा व्यवस्था गरिएको एन्टीजेन परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त प्रयोगशालाले मात्रै गर्न पाउने उनले बताए। 

प्रवक्ता गौतमले एफडिए, इयूए र स्वास्थ्य सेवा विभागमा सूचीकृत किटबाट मात्रै एन्टीजेन परीक्षण गर्न पाउने बताए । साथै समायानुकूल मूल्य समायोजन हुने मन्त्रालयले जनाएको छ ।  

प्रवक्ता गौतमले एन्टीजेनमा पोजेटिभ देखिए प्रयोगशालाहरुले सम्बन्धित स्वास्थ्य कार्यालय, इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा र सम्बन्धित व्यक्तिलाई दिने र यदि रिपोर्ट नेगेटिभ आए सम्बन्धित व्यक्तिलाई दिनुपर्ने जानकारी दिए । 
 

प्रकाशित: Oct 13, 2020| 11:15 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।