आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहालको सचिवालयले भन्यो– कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भयो

दाहालको सचिवालयले भन्यो– कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि असफल भयो

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्ततः असफल भएको टिप्पणी गरेको छ।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्ततः असफल भएको टिप्पणी गरेको छ।

दाहालको सचिवालय सदस्यसमेत रहेकी छोरी गंगा दाहालले फेसबुकमा यस्तो टिप्पणी गरेकी हुन्। 

‘कर्णाली प्रदेशमा देखिएको एक अराजनीतिक गतिविधि अन्ततः असफल भएको छ,’ उनले लेखेकी छिन्। पार्टी एकताका लागि नेतृत्वले देखेको सपना साकार पार्न सकारात्मक भूमिका खेल्ने सबैलाई उनले बधाई समेत दिएकी छिन्।

कर्णाली प्रदेशसभाका १८ सांसदले आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र दाहालका समेत गरेर १८ जनाले अविश्वासको प्रस्ताव ल्याएका थिए। 

सोमबार माधव नेपाल समूहसँग भएको छलफलमा तीनवटा मन्त्री र सचेतक दिने सहमतिपछि नेपाल समूहका सांसद पछि हटेका छन्।

नेपाल समूहका सांसद पछि हटेपछि शाहीको बहुमत पुग्ने र देखिएको संकट समाधान हुने भएपछि दाहाल सचिवालयले यस्तो टिप्पणी गरेको हो।

प्रकाशित: Oct 13, 2020| 10:23 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।