शुक्रबार, भदौ १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा पीसीआर परीक्षणको दायरा घट्यो, १० दिनमा ८५ जनामा संक्रमण 

पर्सामा पीसीआर परीक्षणको दायरा घट्यो, १० दिनमा ८५ जनामा संक्रमण 

पर्सामा समुदायमा कोरोना परीक्षण हुन छाडेको छ। यस्तै कन्ट्याक्ट ट्रेसिङमा रहेका व्यक्ति परीक्षणका लागि जान छाडेका छन्। 
 |  मंगलबार, असोज २७, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

मंगलबार, असोज २७, २०७७

vianetvianet

पर्सा– पर्सामा समुदायमा कोरोना परीक्षण हुन छाडेको छ। यस्तै कन्ट्याक्ट ट्रेसिङमा रहेका व्यक्ति परीक्षणका लागि जान छाडेका छन्। 

Kumaribank

त्यसैले कोरोना संक्रमितको संख्या पनि घट्न थालेको छ। साउनसम्म पर्सामा दैनिक ४०० सम्म कोरोना संक्रमित भेटिएका थिए। 

पर्सामा असोज २६ गते १७ जना, २५ गते एकजना र २४  गते ३६ जनामा कोरोना संक्रमण भएको छ।

नारायणी अस्पतालको पीसीआर परीक्षण ल्याबले असोज १९ देखि आजसम्म पर्सामा ११ सय तीन जनाको परीक्षण गरेको छ। तीमध्ये ८५ जनामा कोरोना संक्रमण देखिएको छ।

दैनिक अहिले मुस्किलले एक सिफ्ट मात्रै परीक्षण भइरहेको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। भदौअघिसम्म दैनिक तीन–तीन सिफ्टमा परीक्षण हुन्थ्यो।

Metro Mart

पर्सामा लकडाउनका बेला कोरोना संक्रमण तीव्र रुपमा फैलिएको थियो। 

यस्तै वीरगन्ज महागरनगरपालिकामा पनि परीक्षणको दायरा घटाइएको छ। महानगरपालिकाले एक घर एक पीसीआर परीक्षण गर्ने निर्णय गरेपछि वडा नम्बर २, ३, ९, ११ र २५ मा पहिलो चरणको परीक्षण गरिएको थियो। 

त्यसलगत्तै महानगरपालिकाका मेयर विजयकुमार सराबगी र महानगरकै कर्मचारी संक्रमित भए। अनि कन्ट्याक्ट ट्रेसिङ र लक्षण देखिएका बाहेकका सबै परीक्षण बन्द गरिएको थियो।

साउनदेखि बन्द पीसीआर परीक्षण चाँडै सुरु गरिने वीरगन्ज महानगरपालिकाका गुनासो सुनुवाइ अधिकारी अरुणकुमार महतो बताउँछन्। 

उनी भन्छन्, ‘पीसीआर ल्याबमा पर्याप्त नभए पनि तीन सिफ्टमा परीक्षण गरिएको थियो। मास परीक्षणका लागि जनशक्ति थप्ने तयारी छ।’

नारायणी अस्पतालको पीसीआर पीसीआर मेसिनमा एकपटकमा बढीमा ९६ जनाको परीक्षण गरिन्छ। ९६/९६ जनाको परीक्षण गर्दा र ८/१० जनाको परीक्षण गर्दा पनि उत्तिकै खर्च लाग्ने भएकाले कुनैको रिपोर्ट ढिला गरी दिन थालिएको छ। 

मंगलबार नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीन महिलासहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 

प्रकाशित: Oct 13, 2020| 09:45 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।