आइतबार, भदौ १४, २०८३

वन्यजन्तुको मनोविज्ञान समेटिएको ‘वनको वैभव’ सार्वजनिक 

पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– पत्रकार एवम् लेखक ददि सापकोटाको नयाँ कृति ‘वनको वैभव’ मङ्गलबार सार्वजनिक भएको छ। 

यसअघि ‘पन्छी जगत’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ लेखेका सापकोटाको यो चौथो पुस्तक हो।

पुस्तक चराचुरुङ्गी एवम् वन्यजन्तुको उमेरको मनोविज्ञान बुझ्न मात्र होइन, उनीहरूका यौनका रहस्यमय विषयबारे जान्न चाहनेहरूका लागि पनि उत्तिकै उपयोगी रहेको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष एवं उद्यमी जीवा लामिछानेले बताए। 

‘पुस्तक रमाइलोपाराले लेखिएको छ, सबै पाठ रोचक छन्,’ उनले भने, ‘यसरी गम्भीर अध्ययनअनुसन्धान गरेर नेपालीमा कमै पुस्तक लेखिएका छन्।’ पुस्तकमा रहेका सन्दर्भसामग्रीले लेखनको गाम्भीर्यलाई बुझाउने उनको भनाइ छ। 

तराईको चितवन, बर्दिया, पर्सा, कोसीटप्पु वन्यजन्तु आरक्षदेखि पहाडी भेगका संरक्षित क्षेत्र, आरक्षण केन्द्रदेखि सामुदायिक वनसम्म चहारेर लेखकले चराचुरुङ्गीहरूको स्वभाव एवम् आनिबानीबारे चर्चा गरेका छन्।

‘भारतका केओदायो राष्ट्रिय निकुञ्ज, चितवनको भरतपुर चरा आरक्षण केन्द्रदेखि फ्रान्सका विभिन्न वन, पहाड, प्राकृतिक संरक्षण केन्द्र, नदीनाला चहार्दा देखेभोगेका तथ्यको समग्र अनुभवलाई समेटेको छु,’ लेखक सापकोटाले भने, ‘यो पुस्तक लेख्नुअघि मैले धेरै क्षेत्र घुमेर बनाएका नोटको सहयोग लिएको छु।’ 

प्रकाशकका अनुसार पुस्तकमा जीवजनावरको आनिबानी र स्वभावबारे रोचक चित्रण गरिएको छ। यसमा जनावरका स्वभावदेखि मन र यौनका प्रसङ्गलाई प्रस्तुत गरिएको छ। 

जनावरहरूका रमाइला र गुह्य विषय पाठकसमक्ष पुग्नुपर्ने र उनीहरूलाई ती विषयबारे जानकारी मिल्नुपर्ने फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए। 

‘वन्यजन्तु एवम् चराचुरुङ्गीका गुह्य कुरा रोचक पारामा लेखिएको पुस्तक पाउन गाह्रो छ,’ उनले भने, ‘ददि सापकोटाले त्यो अभाव पूर्ति गरिदिएका छन्।’ यति सुन्दर कृति प्रकाशन गर्न पाउनु खुसीको विषय रहेको उनको भनाइ छ। 

पर्यटकीय क्षेत्रबाट पेसा सुरू गरेका सापकोटा विशेषगरी वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्छन्। हाल उनी नेपाललाई कर्मथलो बनाएका युरोपेली, युरोपको नेपाली समुदाय र प्रकृतिका विविध पक्षको खोजीमा छन्। 
 

प्रकाशित: Oct 13, 2020| 09:39 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।