आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीको विवाद समाधान गर्न ओली–दाहाल छलफलमा, प्रस्ताव फिर्ता गर्न अध्यक्षद्वयले निर्देशन दिने

कर्णालीको विवाद समाधान गर्न ओली–दाहाल छलफलमा, प्रस्ताव फिर्ता गर्न अध्यक्षद्वयले निर्देशन दिने

कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गर्न केही बेरअघि दाहाल बालुवाटार पुगेका हुन्। दाहालको सचिवालयका अनुसार दुई अध्यक्षबीच छलफल सुरू भएको छ। 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएपछि पार्टीभित्र देखिएको विवाद समाधान केन्द्रीय नेतृत्वमा छलफल भइरहेको हो।

दाहालले ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग यसअघि पनि छलफल गरेका थिए। 

स्रोतका अनुसार दुई अध्यक्षबीचको छलफलमा अविश्वासको प्रस्ताव फिर्ता गराउनेबारे कुराकानी हुने बताइएको छ। 

छलफलपछि दुवै अध्यक्षले लिखित रुपमै अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने बुझिएको छ। 

अविश्वासको प्रस्ताव पार्टी संसदीय दलका नेतालाई बुझाएपछि दोस्रो दिनमै दाहालले ओलीलाई भेटेर कर्णालीमा देखिएको विवाद समाधान गर्न आग्रह गरेका थिए। ओली निकटका नेताहरुले पनि अहिले विवाद चर्काउने बेला नभएको प्रतिक्रिया दिइसकेका छन्।

आजै नेकपा संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङले पनि कर्णालीका प्रदेशका सह–इन्चार्जसमेत रहेका सांसद यामलाल कँडेललाई फोन गरेर अविश्वासको प्रस्ताव अघि नबढाउन भनिसकेका छन्। कँडेल अध्यक्ष ओली निकटका नेता हुन्। 

वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकटका सांसदहरुलाई अविश्वासको प्रस्तावबाट पछि हट्न निर्देशन दिइसकेका छन्। उनले आफू निकटका केन्द्रीय सदस्य नीरज आचार्यलाई हिजो नै सुर्खेत पठाएर सहजीकरण गर्न भनिसकेका थिए।

सुर्खेतमा वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसद र मुख्यमन्त्री महेन्द्रबहादुर शाही पक्षबीच छलफल भएको छ। छलफलमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अविश्वासको प्रस्तावबाट पछि हट्ने सहमति भइसकेको बताइएको छ। 

प्रकाशित: Oct 13, 2020| 07:43 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।