आइतबार, भदौ १४, २०८३

तीन महिनाभित्र आउला त कोभिड–१९ को भ्याक्सिन? 

कोरोना भाइरसविरुद्धको भ्याक्सिनको खोजीमा आगामी तीन महिना निकै महत्त्वपूर्ण हुनेछन्। त्यति बेलासम्म परीक्षणका क्रममा रहेका अधिकांशमध्ये कुनले काम गर्छ र कुनले गर्दैन भन्ने स्पष्ट भइसक्नेछ। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– अमेरिकी कम्पनी जनसन एन्ड जनसनले कोभिड–१९ भ्याक्सिनको परीक्षण रोकेको छ।

तेस्रो चरणको परीक्षणमा सहभागी एक व्यक्तिको स्वास्थ्यमा ‘अज्ञात समस्या’ देखिएपछि परीक्षण रोकिएको हो। 

यो भ्याक्सिनको एक मात्राले कोरोनाविरुद्ध काम गर्ने जनसनको दाबी छ। 

विशेषज्ञहरुका अनुसार निर्माणका क्रममा रहेका अन्य भ्याक्सिनभन्दा जनसनको भ्याक्सिन बन्न केही बढी समय लागे पनि यो विशेष छ। किनभने यसलाई शून्यभन्दा कम तापमानमा भण्डारण गरिरहनु पर्दैन। त्यस्तै एउटा मात्राले पनि रोगप्रतिरोधी क्षमता विकास गर्छ। 

यो भ्याक्सिन परीक्षण अमेरिकाबाहेक दक्षिण अफ्रिका, अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, मेक्सिको र पेरुमा भइरहेको थियो। 

अहिले जोनसनले बिरामी परेका व्यक्तिको स्वास्थ्य समस्या भ्याक्सिनकै कारण वा अन्य कारणले हो भन्ने पत्ता लगाउन चिकित्सकको टोली  खटाएको छ। कम्पनीले ती व्यक्तिको गोपनीयता सार्वजनिक गर्न नमिल्ने भन्दै उनका बारे अन्य जानकारी दिन इन्कार गरेको छ।

स्वास्थ्य समाचारसम्बन्धी पोर्टल एसटीएटीका अनुसार जनसनले भ्याक्सिनमा रोग, दुर्घटना, तथाकथित प्रतिकूल घटना कुनै पनि क्लिनिकल अध्ययन र विशेषगरी ठूला अध्ययनको अपेक्षित हिस्सा रहेको जनाएको छ। 

जनसन भ्याक्सिनको क्लिनिकल परीक्षण तेस्रो चरणमा पुगिसकेको थियो। 

यस्ता ठूला परीक्षणमा अस्थायी अवरोध आउनु ठूलो कुरा होइन। 

धेरैजसो अवस्थामा त यस्ता जानकारी सार्वजनिक पनि गरिँदैन। तर, महामारीको गम्भीरतालाई ध्यानमा राखेर यस्ता समस्या सार्वजनिक गर्न थालिएको हो। 

यस्तो परीक्षण लाखौं व्यक्तिमा गरिँदा कसैकसैमा मेडिकल समस्या आउनु संयोग मात्र मानिन्छ। 

जनसन एन्ड जनसले हाल ६० हजार व्यक्तिमा यस्तो परीक्षण गरिरहेको छ। 

कोरोना भाइरसविरुद्ध भ्याक्सिनको परीक्षण रोक्नुपरेको यो दोस्रो पटक हो। अमेरिकामा केही यस्ता परीक्षण अन्तिम चरणसम्म पुगेका छन्। अमेरिकामा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको भ्याक्सिनको अन्तिम चरणको परीक्षण रोकिएको छ। 

एक महिलामा गम्भीर न्युरोलोजिकल समस्या देखिएपछि परीक्षण रोकिएको हो। यद्यपि, कम्पनीले अमेरिकाबाहेकका देशमा भने परीक्षण सुरु गरिसकेको छ। 

कम्तीमा तीन महिना पर्खनैपर्छ 

कोरोना भाइरसविरुद्धको भ्याक्सिनको खोजीमा आगामी तीन महिना निकै महत्त्वपूर्ण हुनेछन्। त्यति बेलासम्म परीक्षणका क्रममा रहेका अधिकांशमध्ये कुनले काम गर्छ र कुनले गर्दैन भन्ने स्पष्ट भइसक्नेछ। 

अहिले करिब लाखौं मानिसमा आधा दर्जन भ्याक्सिन परीक्षण गरिँदै छ। अमेरिका र युरोपमा भ्याक्सिन परीक्षणपछि ‘डेटा रिभ्यु’ भइरहेको छ। यद्यपि, अहिलेसम्म कुनै पनि भ्यक्सिनले ‘ग्लोबल अप्रुभल’ पाइसकेका छैनन्। रुस र चीनले स्थानीय स्तरमा भ्याक्सिन दिन सुरु गरेका छन्।

को को छन् अगाडि? 

अमेरिकी औषधि निर्माता कम्पनी फाइजर र जर्मनीको बायोएनटेकले मिलेर बनाएको भ्याक्सिन परीक्षणबाट प्राप्त तथ्यांकको विश्लेषण आगामी दुई महिनामा भइसक्नेछ। यसै अवधिमा मडर्नाले बनाएको भ्याक्सिनको पनि ‘डेटा रिभ्यु’ हुनेछ। 

अक्सफोर्ड र एस्ट्रोजेनेकाले बनाएको भ्याक्सिन अन्तिम चरणको परीक्षणमा छ। जनसन एन्ड जनसनको भ्याक्सिन परीक्षण हाललाई रोकिए पनि यो धेरै पछि पर्ने छैन। 

चीनले बनाउन लागेका तीन प्रकारका भ्याक्सिन तेस्रो चरणको परीक्षणका क्रममा छन्। 

भ्याक्सिन परीक्षणको तथ्यांक ‘रेगुलेटर्स’ कहाँ पुगेपछि त्यसको विश्लेषण गरिन्छ। अमेरिकासमेत अन्य पश्चिमा देशका भ्याक्सिन रेगुलेटर्सलले भ्याक्सिनको सुरक्षा र प्रभावकारिता सुनिश्चित गरेपछि आम उपयोगका लागि स्वीकृति दिइने बताएका छन्। 

फाइजर–बायोएनटेकले यसै महिनामा उसको भ्याक्सिन कत्तिको प्रभावकारी छ भन्ने अन्तिम टुंगो लागिसक्ने जनाएको छ। मडर्नाको तथ्यांक विश्लेषण आगामी महिनासम्म भइसक्नेछ। 

एस्ट्राजेनेकाले पनि आगामी दुई महिनामा ‘डेटा रिभ्यु’ भइसक्ने जनाएको छ। 

अमेरिका र बेलायतले रिभ्युको प्रक्रियालाई तीव्र बनाउने बताइसकेका छन्। अर्थात् आगामी पुससम्म कुनै न कुनै भ्याक्सिनले आम उपयोगको अनुमति पाइसक्नेछ। 

विश्व स्वास्थ्य संंगठनले १५० भन्दा धेरै देशको एउटा समूह बनाएको छ जसले भ्याक्सिनको विकास र वितरणमा सहयोग पुर्‍याउनेछ। यसबाहेक द्विपक्षीय र क्षेत्रीय स्तरमा पनि विभिन्न सम्झौता भएका छन्। तर, नेपाल भने यो मामिलामा निकै पछाडि परेको छ। 

प्रकाशित: Oct 13, 2020| 07:35 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।