आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीनजना पक्राउ

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीनजना पक्राउ

भक्तपुरमा २१ असोजमा जग्गा हेर्न बहानामा लुटपाट गरेर हत्या गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको छ। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं– भक्तपुरमा २१ असोजमा जग्गा हेर्न बहानामा लुटपाट गरेर हत्या गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई पक्राउ गरेको छ। 

जग्गाको कारोबार गर्दै आएका भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालका ६१ वर्षीय चन्द्रबहादुर योञ्जन लामाको हत्या भएको थियो। 

हत्याको आरोपमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङ पक्राउ परेका छन्।

‘२१ असोजमा जग्गा हेर्ने भन्दै चन्द्रबहादुरको घरमा रमेश र प्रेम गएका थिए,’ महाशाखाका एसपी ईश्वर कार्कीले भने, ‘नजिकै रहेको जग्गा देखाउन भनेर गएपछि त्यही कुटपिट भएको रहेछ।’

कुटपिटपछि उनको साथमा रहेको सुनको ब्रासलेट र मोबाइल लिएर दुवैजना फरार भएका थिए। 

कुटपिटबाट गम्भीर घाइते भएका चन्द्रबहादुरको उपचारका क्रममा २२ असोजमा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो।

एसपी कार्कीका अनुसार मुख्य योजनाकार कामी शेर्पाले चन्द्रबहादुरसँग करिब १६ लाख रुपैयाँ लिनुपर्ने भएकाले धम्की दिएर असुली गर्न भन्दै रमेश र प्रेम तामाङलाई परिचालन गरेको देखिन्छ।
 

प्रकाशित: Oct 13, 2020| 07:00 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।