आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट ५ हजार ११० प्रहरी संक्रमित, १९ सय ५६ अस्पतालमा 

कोरोनाबाट ५ हजार ११० प्रहरी संक्रमित, १९ सय ५६ अस्पतालमा 

कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीको संख्या ५ हजार १ सय १० पुगेको छ । हालसम्म संक्रमित भएकामध्ये ३१ सय ८४ जना निको भैसकेका छन् भने १९ सय ५६ जना उपचाररत छन् ।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडाैं- कोरोना भाइरसबाट संक्रमित हुने प्रहरीको संख्या ५ हजार १ सय १० पुगेको छ । 

नेपालमा समुदाय स्तरमा संक्रमण फैलिएसँगै दैनिक २० देखि २५ जना प्रहरी कोरोनाबाट संक्रमित हुने गरेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २३ जना प्रहरी संक्रमित भएका छन् । 

हालसम्म संक्रमित भएकामध्ये ३१ सय ८४ जना निको भैसकेका छन् भने १९ सय ५६ जना उपचाररत छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैराखेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए । 

उनकाअनुसार काठमाडौं उपत्यकामा मात्रै १८ सय ६९ जना प्रहरी संक्रमित भएका छन् । जसमध्ये ६ सय ९२ जना उपचाररत छन् भने ११ सय ७७ संक्रमणमुक्त भएका छन् । प्रहरी प्रधान कार्यालयमै ३४२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै प्रदेश १ मा ११८ जना, प्रदेश २ मा ८७ जना, वाग्मती प्रदेशमा १५८ जना, गण्डकी प्रदेशमा १९५ जना, लुम्बीनी प्रदेशमा १९१ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १२५ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । 

प्रकाशित: Oct 13, 2020| 06:10 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।