आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • करिब ११ करोड ५० लाख खर्च गरेर भरतपुर महानगर झिलीमिली बन्दै

करिब ११ करोड ५० लाख खर्च गरेर भरतपुर महानगर झिलीमिली बन्दै

भरतपुर महानगरपालिकाका मुख्य शहरी क्षेत्र झिलीमिली बनाइने भएको छ। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

चितवन– भरतपुर महानगरपालिकाका मुख्य शहरी क्षेत्र झिलीमिली बनाइने भएको छ। 

महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणके सहकार्यमा ११ करोड ४९ लाख ८९ हजार ३०० खर्च गरी आकर्षण बत्ती जडान गरेर महानगरलाई झिलीमिली शहर बनाउन लागिएको हो।

महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा स्मार्ट स्ट्रिट लाइट जडानका लागि बोलपत्र स्वीकृत भइसकेको जानकारी दिइन्।  गएको शनिवार एकहप्ते आशयपत्रको सूचना जारी भइसकेको छ। 

यो अवधि सकिएपछि १५ दिनभित्र ठेकेदार कम्पनीसँग सम्झौता भई काम अघि बढ्ने उनले बताइन्। काम सुरु भएपछि छ महिनामा सम्पन्न हुने अनुमान गरिएको छ।

विद्युतीकरणका लागि प्राधिकरणले ९० प्रतिशत र महानगरपालिकाले १० प्रतिशत लगानी गर्दैछ। प्रमुख दाहालले भनिन्, ‘यसले महानगरको सौन्दर्यता वढाउने छ।’

बत्तीका कारण महानगरवासीले थप सुविधा पाउने महानगरको अपेक्षा छ। देशका महानगरपालिकाहरुमा प्राधिकरणसँग मिलेर स्मार्ट स्ट्रिट लाइट जडान गर्ने महानगर भरतपुर पहिलो हुने भएको छ।

स्मार्ट स्ट्रिट लाइट जडानको बोलपत्र सेफ स्टिल, सूर्योदय ऊर्जा र टपसुन इनर्जी जेभी टोखा काठमाडौँलाई परेको छ। नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले महानगरमा ७७ किलोमिटर क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान हुने बताए।

भरतपुर महानगरको केन्द्रीय बस ट्रमिनल चोक, आँपटारी चोक, पुलचोक, लायन्सचोक र चौबीसकोठीमा अग्ला पोलहरुमा चारैतिर बत्ती राखेर उज्यालो बनाइने छ।

उनका अनुसार ती ठाउँहरुमा रंगशालाका जस्ता बत्ती जडान हुनेछन्। यसका अतिरिक्त पूर्वपश्चिम राजमार्ग, पुलचोकबाट आँपटारीसम्म, रामनगरबजार, बाइपास रोड, पुलचोकबाट शरणपुरसम्म, शहीदचोकबाट यज्ञपुरीसम्म र चौबीसकोठीबाट मालपोत चोकसम्म बत्ती जडान गरिने छ। 

दूरसञ्चार रोड, बालमन्दिर रोड, वीरेन्द्र क्याम्पस चोकबाट विशाल चोकसम्म, भरतपुर अस्पतालबाट हाकिमचोकसम्म, बाइपास रोडको गणेशस्थानबाट गोन्द्राङ्ग हुँदै पदमपुर चोकसम्म, बसेनी चोकबाट रिङरोडसम्म र त्रिचोकबाट बुद्धचोक हँुदै क्यान्सर अस्पताल चोकसम्म बत्ती जडान गरिने उनले जानकारी दिए। 

चोकबजार, हाकिमचोकबाट बुद्धचोकसम्म, चौबीसकोठीबाट रामपुरसम्म, शारदानगर, चनौली, मेघौली, गीतानगर, पकौडी, जगतपुर शिवनगर, ध्रुव र पटिहनी बजारसँगै प्रचण्डमार्गमा समेत बत्ती जडान हुनेछ। 

प्रमुख महतोका अनुसार ७० प्रतिशत नयाँ र ३० प्रतिशत पुराना पोल प्रयोग गरिनेछन्। ती सबै बत्ती बाल्न र निभाउन, मधुरो र चहकिलोलगायत सञ्चालनको काम एउटै नियन्त्रणकक्षबाट हुनेछ। 

एक–एक बत्तीको नियन्त्रण सोही कक्षबाट गरिनेछ। यसको मुख्य सर्भर काठमाडौंमा रहने र यहाँ पनि नियन्त्रणकक्ष हुने उनले जानकारी र्दिए। सडक विद्युत्मा देशकै नमूना काम हुन लागेको उनको भनाइ छ।

प्रकाशित: Oct 13, 2020| 04:39 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।