आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेश विवाद : हस्ताक्षर फिर्ता गराउन मुख्यमन्त्रीपक्षको दौडधुप, सांसदहरूको अडान कायमै

कर्णाली प्रदेश विवाद : हस्ताक्षर फिर्ता गराउन मुख्यमन्त्रीपक्षको दौडधुप, सांसदहरूको अडान कायमै

आफूविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गराउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दौडधुपमा छन्। उनले पूर्वमाओवादी र वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूसँग छलफल सुरु गरेका हुन्। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

सुर्खेत– आफूविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गराउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दौडधुपमा छन्। उनले पूर्वमाओवादी र वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूसँग छलफल सुरु गरेका हुन्।

नेपाल समूहका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, संघीय सांसद एवम् नेकपा सुर्खेत अध्यक्ष ध्रुवकुमार शाही,  निरज आचार्यलगायतको समन्वयमा मुख्यमन्त्री शाहीले छलफल सुरु गरेको मुख्यमन्त्री निकट एक सांसदले जानकारी दिए।

‘हिजो (सोमबार) साँझको छलफल सकारात्क थियो,’ ती सांसदले भने, ‘उहाँहरू (अविश्वासको प्रस्तावमा हस्ताक्ष गर्ने सांसदहरु)ले आज बिहानसम्मको समय माग्नु भएको थियो, अब केही बेरमै छलफल गरेर टुंङ्गो लगाउँछौँ।’ 

ती सांसदका अनुसार नेपाल समूहका सांसदहरूमा अम्मरबहादुर थापा, सुशीलकुमार थापा, देवी ओली, पद्मा खड्का, कुर्मराज शाही र नेकपा अध्यक्ष पुष्पकमल दाहाल समूहका ठम्मरबहादुर बिष्ट र पुष्पा घर्ती (विष्ट)ले हस्तारक्षरमा पुनःविचार गर्न सकिने बताएको जानकारी दिए। 

यद्यपी उनीहरुले पनि हस्ताक्षर फिर्ता लिन मानेका छैनन्। त्यस्तै नेपाल समूहका चन्द्रबहादुर शाही र करबीर शाही, दाहाल समूहका धर्मराज रेग्मीले कुनै पनि हालतमा आफूहरुले हस्ताक्षर फिर्ता नलिने अडान लिएको बुझिएको छ।

त्यस्तै हस्ताक्षर फिर्ता लिन सकारात्मक भनिएका सांसदहरुले पनि हस्ताक्षर फिर्ता नलिने अडान लिएका छन्। छलफल अहिले पनि जारी नै छ।

‘म अहिले माननीय ज्यूहरुसँग छलफलमै छु,’ दाहाल समूहका सांसद ठम्मर विष्टले भने, ‘छलफल हुनु स्वभाविक हो तर म हस्ताक्षर फिर्ता लिने पक्षमा छैन।’ 

उनी मुख्यमन्त्री निकट वा बिद्रोही पक्षको छलफलमा सहभागी भएको विषय भने खुलाउन चाहेनन्। यता नेपाल समूहकी सांसद पद्म खड्काले पनि आफू कुनै पक्षको छलफलमा सहभागी नभएको बताइन्। 

‘म घरमै छु, अहिलेसम्म हस्ताक्षर फिर्ता लिने निर्णयमा पुगेकी छैन,’ खड्काले भनिन्, ‘कसैको छलफलमा सहभागी भएकी छैन, अब हस्ताक्षर पनि फिर्ता लिनुपर्छ भन्ने लाग्दैन।’

यता अविश्वासको प्रस्ताव ल्याउने पक्षले भने मुख्यमन्त्रीले थालेको छलफलको कुनै अर्थ नहुने बताउँदै आएको छ। आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकबाटै सबै निर्णय गरेर अगाडि बढ्ने बिद्रोही पक्षको तयारी छ। तर मुख्यमन्त्री पक्षले भने दलको बैठक बस्नु अघि नै सांसदहरूको हस्ताक्षर फिर्ता गराउने कसरत गरेका छन्।

प्रकाशित: Oct 13, 2020| 04:02 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।