आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच वर्षीया बालिका करणी प्रयासको आरोपमा एक युवा पक्राउ

पाँच वर्षीया बालिका करणी प्रयासको आरोपमा एक युवा पक्राउ

नाबालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

लहान- नाबालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ। 

स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा बालिकाले धकेलेर भागेको प्रहरीले जनाएको छ। 

पीडित नाबालिकाका परिवारजनले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशंकर पञ्जीयारले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित: Oct 13, 2020| 03:53 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।