आइतबार, भदौ १४, २०८३

आज मंगल ग्रह पृथ्वीको नजिकः चम्किलो र ठूलो देखिने

१३ अक्टुवर अर्थात आज पृथ्वीबाट मंगल ग्रह निकै चम्किलो र ठूलो आकारमा देखिने नासाले जनाएको छ।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं- १३ अक्टुवर अर्थात आज पृथ्वीबाट मंगल ग्रह निकै चम्किलो र ठूलो आकारमा देखिने नासाले जनाएको छ।

मंगल ग्रह र सूर्य एक लहरमा हुन लागेको यो दुर्लभ खगोलीय घटना भएको पनि नासाले जनाएको छ।  यसको मतलब तीनवटै ग्रह १८० डिग्री कोणमा हुने नासाको भनाइ छ। 

यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिने गर्छ । मंगल ग्रहको यो अपोजिशनको घटना प्रत्येक दुई वर्ष (२६ महिना)मा हुने पनि नासाले उल्लेख गरेको छ। 

नासाको भनाइअनुसार मंगल ग्रह र पृथ्वी नजिक आउने यस्तो खगोलीय घटना हरेक दुई वर्ष (२६ महिना)मा एकपटक हुने गर्छ। 
आगामी दिनमा मंगल ग्रह र पृथ्वी एकआपसमा नजिक हुन डिसेम्बर २०२२ सम्म पर्खनुपर्नेछ । 

विपरितको यो खगोलीय घटना आज हुने भए पनि गत मंगलबार (६अक्टुबर)मा नै मंगल ग्रह पृथ्वीको नजिक आइसकेको कुरा नासालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 

नजिक आउँदा पनि पृथ्वीबाट मंगल ग्रहको दुरी ३८ दशमलव ६ मिलियन मील टाढा छ। आगी सन २०३५ सम्म पृथ्वी र मंगल ग्रह यति नजिक आउने छैन्। 

सन २००३ मा मंगल ग्रह पृथ्वीबाट ३४ दशमलव ८ मिलियन मीलको दुरीमा पुगेको थियो। जुन ५९ हजार ६ सय १९ वर्षमा पहिलोपटक यति नजिक भएको थियो। 

प्रकाशित: Oct 13, 2020| 03:09 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।