काठमाडौं- सरकारले सार्वजनिक गाडीका पुरै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिए पनि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दसैंमा यात्रुले दुःख पाउने भन्दै गाडीभरी यात्रु हाल्न दिने निर्णय गरेको हो ।
सरकारले आजदेखि सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार पूरै सिटमा यात्रु चढाउन दिने निर्णयसँगै अब सार्वजनिक यातायातले पुरानै भाडा लिनुपर्ने छ ।
अहिले छोटो तथा लामो दुरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए।भाडा भने दोब्बर लिदैँ आएका थिए।
पुरै सिटमा यात्रु राखे पनि कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
यस्तै बैठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ।