आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं आवतजावतमा कडाइ गर्ने सरकारको तयारी, कात्तिक १ बाट नयाँ नियम !

काठमाडौं आवतजावतमा कडाइ गर्ने सरकारको तयारी, कात्तिक १ बाट नयाँ नियम !

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ गर्ने तयारी गरेको छ। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै सरकारले फेरि काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ गर्ने तयारी गरेको छ। 

दसैं नजिकिएसँगै काठमाडौं छाड्ने र भित्रिनेको संख्या अत्यधिक मात्रामा बढ्ने भएकाले सरकारले पुन: काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्न लागेको हो। यस विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग सबैभन्दा धेरै संक्रमित रहेको काठमाडौं उपत्यकाको सन्दर्भमा के गर्ने भनेर राय मागेका थिए।  मन्त्रीहरुले कोरोना नियन्त्रणका लागि काठमाडौं आवतजावतमा कडाइ गर्न सुझाव दिएका छन्।

मन्त्रीहरुले सुझाव दिए पनि कुनै निर्णय भने नभएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार यसबारेमा सीसीएमसीले प्रस्ताव ल्याउनुपर्नेछ। तर सीसीएमसीका तर्फबाट कुनै पनि प्रस्ताव नआएकाले निर्णय नभएको उनको भनाइ छ।

देशभर जति सक्रिय संक्रमित छन् त्यसको आधाभन्दा धेरै काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो एक महिनायता दिनहुँ देशभर भेटिने संक्रमितको आधाभन्दा बढी काठमाडौंमा भेटिने गरेको छ। 

सोमबार ४ हजार ४७ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै २ हजार २ सय ७३ जना संक्रमित फेला परेका थिए। 

यसरी तीव्र गतिमा कोरोना फैलिएको उपत्यकाबाट बाहिर जाने ब्यक्तिका कारण गाउँ जोखिममा पर्ने र अन्य ठाउँबाट काठमाडौं आउने ब्यक्तिका कारण थप जोखिम बढ्ने भन्दै सरकारले सीमा नाकामा कडाइ गर्ने तयारी गरेको हो। 

हाल काठमाडौं आउने र जानेक्रम निर्बाध रुपमा चलेको छ।

असोज एक गतेदेखि लामो दूरीका सवारीसाधन चल्न थालेसँगै पछिल्लो २६ दिनमा ७ लाखभन्दा धेरै ब्यक्ति विभिन्न नाकाबाट काठमाडौं प्रवेश गरेका छन् भने यतिकै संख्या काठमाडौंबाट बाहिरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

यस्तै सरकारले भीडभाड बढी हुने सरकारी कार्यालय कात्तिक १ गतेबाट बन्द गर्ने तयारी गरेको छ।

मालपोत, नापी, यातायातलगायतका कार्यालयमा थेगिनसक्ने भीड बढेपछि सरकारले ती कार्यालय बन्द गर्ने तयारी गरेको हो। 

यो विषयमा पनि सोमबारको मन्त्रिपरिषद्को बैठकमा छलफल भएको एक मन्त्रीले जानकारी दिए। उनले भने, 'बैठकमा कात्तिक १ गतेबाट भीडभाड हुने सरकारी कार्यालय केही समयका लागि बन्द गर्नुपर्ने विषयमा पनि कुरा उठेको थियो । तर त्यसबारेमा पनि कुनै निर्णय भएको छैन।' 

सेवाप्रदायक कार्यालयमा भीडभाड बढेको छ। त्यसलाई केही ढिला गर्दैमा बिग्रिइहाल्दैन भनेर  सुझाव आएकाले साेही अनुसारकाे निर्णय गर्ने सरकारकाे तयारी छ। 

बजार क्षेत्र, सडकमा हुने धर्ना, नाराबाजी, जुलुस आदिले पनि सङ्क्रमण फैलाउन मद्दत गरेको सरकारको निष्कर्ष छ। 

प्रकाशित: Oct 13, 2020| 01:59 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।