आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु, दुई अस्पतालमा

कोरोना संक्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु, दुई अस्पतालमा

कोरोना संक्रमणका कारण भीमाद नगरपालिकामा एकै परिवारका ३ जनाको ज्यान गएको छ। भीमाद ६ का धर्मकुमार श्रेष्ठ र उनका २ छोराको कोरोनाका कारण ज्यान गएको हो। 
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

पोखरा– कोरोना संक्रमणका कारण भीमाद नगरपालिकामा एकै परिवारका ३ जनाको ज्यान गएको छ। भीमाद ६ का धर्मकुमार श्रेष्ठ र उनका २ छोराको कोरोनाका कारण ज्यान गएको हो। 

कोरोनाकै कारण धर्मकुमारको आइतबार काठमाडौंको मेडिसिटी हस्पिटलमा निधन भएको नेकपा तनहुँका नेता प्रतापलाल श्रेष्ठले पुष्टि गरे। 

९८ वर्षीय श्रेष्ठ बिरामी भएपछि उनलाई चितवन मेडिकल कलेज लगिएको थियो। चितवनमा उपचार सम्भव नभएपछि  उनलाई काठमाडौं लगिएको आफन्तले जनाएका छन्। 

चितवनमै उपचार गराउँदा कोभिड संक्रमण भएको हुनसक्ने र उनलाई भेट्न गएकालाई पनि संक्रमण फैलिएको नेता श्रेष्ठको आशंका छ। धर्मकुमारको शव आइतबार नै व्यवस्थापन गरिएको छ।

श्रेष्ठका माइला छोरा कृष्णकुमार श्रेष्ठको २४ असोजमा बिएन्डबी अस्पतालमा र साइँला छोरा विष्णुकुमार श्रेष्ठको १८ असोजमा उचपारकै क्रममा मृत्यु भएको थियो। 

संक्रमण पुष्टि भएकी कृष्ण कुमारकी श्रीमती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन्। जेठा छोरा रामकुमार श्रेष्ठसमेत कोरोना संक्रमित भएपछि अहिले काठमाडौंकै ह्याम्स अस्पतालमा उपचाररत छन्। 

रामकुमारकी बुहारी पनि अहिले कोरोनाका कारण होम आइसोलेसनमा छन्। धर्मकुमारका कान्छा छोरा अमृत श्रेष्ठमा १७ असोजमा कोरोना पुष्टि भएको थियो। अहिले उनी निको भएर घर फर्किएका छन्। 
 

प्रकाशित: Oct 13, 2020| 01:40 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।