आइतबार, भदौ १४, २०८३

पर्सामा गर्भवतीसमेत जाच्ने नक्कली डाक्टर पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ३ निवासी ४० वर्षीय नक्कली डाक्टर नारद साह तेलीलाई पक्राउ गरेको हो ।
 |  मंगलबार, असोज २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०७७

वीरगंज- पर्सा प्रहरीले वीरगंजबाट एकजना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ३ निवासी ४० वर्षीय नारद साह तेलीलाई पक्राउ गरेको हो ।

वीरगंज महानगरपालिकाको वडा नं. २ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा डाक्टर शिवशंकर यादवको नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भवती महिलाहरुलाई समेतको अल्ट्रासाउण्ड गरिरहेको अवस्थामा शुक्रबार प्रहरीले उनलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलिले उनलाई नियन्त्रणमा लिई आइतबार पर्सा जिल्ला अदालतबाट मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को ईलाज सम्बन्धि कसुर शिर्षकमा ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुवरले जानकारी गराएका छन् ।
 

प्रकाशित: Oct 13, 2020| 00:25 मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।