आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुनको अवैध कारोबार गर्ने दुई जनाविरुद्ध २ अर्ब २९ करोड दावीसहित मुद्दा दायर

सुनको अवैध कारोबार गर्ने दुई जनाविरुद्ध २ अर्ब २९ करोड दावीसहित मुद्दा दायर

भारतीय नागरिक भएर पनि नेपाली नागरिकता लिइ सुनको अवैध कारोबार गर्ने सोनी (सुनिल सुनार) र उनका सहयोगी अमित परियारविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। 
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– भारतीय नागरिक भएर पनि नेपाली नागरिकता लिइ सुनको अवैध कारोबार गर्ने सोनी (सुनिल सुनार) र उनका सहयोगी अमित परियारविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। 

विभागले सोमबार उच्च अदालत तुलसीपुर, दाङमा २ अर्ब २९ करोडको विगो मागदावीसहित राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको हो।

बुटवलबाट खटिएको राजस्व अनुसन्धानको टोलीले बुटवल चौराहाबाट सोनीलाई उनको कारभित्र बोरामा लुकाएर राखेको नगदसहित पक्राउ गरेको थियो। 

सुन तस्करीकै लागि उनले सोनी ज्वेलर्स र सोनी गोल्ड एण्ड सिल्भर प्रालिसमेत खोलेको विभागले दावी गरेको छ। 

विभागले सोनीले कारोबार गर्ने स्थलबाट बैंकको भौचर, स्टेटमेन्ट र मोबाइल बरामद गरी अनुसन्धान गरेको थियो। अनुसन्धानबाट उनले बैंक तथा भन्सार विन्दुबाहेक अवैध बाटोबाट सुनचाँदी चोरी पैठारी गरेको पाइएको विभागले जनाएको छ। 

सोनीले भन्सार चोरी निकासी पैठारीतर्फ २ अर्ब २३ करोड र आयकरतर्फ १६ करोड ४१ लाख राजस्व चुहावट गरेको विभागले दाबी गरेको छ। 
 

प्रकाशित: Oct 12, 2020| 15:35 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।