आइतबार, भदौ १४, २०८३

लुम्बिनीमा डिजीटल सुरक्षा प्रणाली जडान

बुद्धजन्मस्थल लुम्बिनीको सुरक्षालाई व्यवस्थित बनाउन डिजीटल सुरक्षा प्रणाली शुरु गरिएको छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

लुम्बिनी- बुद्धजन्मस्थल लुम्बिनीको सुरक्षालाई व्यवस्थित बनाउन डिजीटल सुरक्षा प्रणाली शुरु गरिएको छ।

लुम्बिनीको उद्यान, बिहार क्षेत्र र लुम्बिनीग्रामको विभिन्न ठाउँमा गरी १७५ सिसि टिभि र २५ वटा पिटिजेड क्यामेरा जडान गरिएको छ। यसबाट लुम्बिनीको सुरक्षा व्यवस्था डिजिटलाइज्ड भएको हो। 

फाइबर र वायरलेस माध्यमबाट लुम्बिनीको महत्वपुर्ण क्षेत्रमा सिसिक्यामेरा जडान गरी चौबिसै घन्टा सुरक्षा निगरानी गरिएको लुम्बिनी विकास कोषका सूचना प्रविधि इञ्जिनियर दिवाकर गौतमले बताए।

क्यामेराको सम्पूर्ण नियन्त्रण विकास कोषमा राखिएको आइटी कन्ट्रोल रुमले गरिरहेको हुन्छ। कन्ट्रोल रुममा नेपाल प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मीले क्यामेरामार्फत मनिटरमा लुम्बिनी क्षेत्रको गतिविधिको निगरानी गर्ने व्यवस्था मिलाइएको छ।

‘कहिँकतै कानून विपरितको काम भएमा तत्कालै कन्ट्रोल रुमबाट नजिकको सुरक्षा एकाइ तथा कर्मचारीलाई खबर गरिन्छ। अनि तत्काल घटनास्थलमा सुरक्षाकर्मी पुगिहाल्छन्’, कोषका कामु सदस्य सचिव ज्ञानिन राईले भने। लुम्बिनीमा सशस्त्र, जनपथ, पर्यटक प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा कर्मचारी र वीर गोर्खा सेक्युरिटी कम्पनीको सुरक्षाकर्मी सुरक्षामा खटिएका छन्।

लुम्बिनीकै सुरक्षालाई प्राथमिकता दिएर सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षकको कमान्डमा सशस्त्र प्रहरीको गुल्म लुम्बिनीमा छ।

नजिकै नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय लुम्बिनी छ। कन्ट्रोल रूममा १२ वटा टिभि स्क्रिन छन्। यो सुरक्षा प्रविधी जडानको काम आर्थिक वर्ष २०७४।०७५ मा शुरु भएको हो।रासस

प्रकाशित: Oct 12, 2020| 15:00 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।