मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै जसपाको पार्टी प्रवेश कार्यक्रम

स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै जसपाको पार्टी प्रवेश कार्यक्रम

वीरगंज- कोरोनाको केन्द्रविन्दु बनिरहेको वीरगंजमा जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय नेताहरुको उपस्थितिमा बृहत पार्टी प्रवेश कार्यक्रम गरेको छ।
 |  सोमबार, असोज २६, २०७७

जियालाल साह

जियालाल साह

सोमबार, असोज २६, २०७७

वीरगंज- कोरोनाको केन्द्रविन्दु बनिरहेको वीरगंजमा जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय नेताहरुको उपस्थितिमा बृहत पार्टी प्रवेश कार्यक्रम गरेको छ।

National life

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको महुवन र औराहामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत तथा प्रदेशसभाको सांसदहरुको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम गरिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्साले कार्यक्रमलाई रोक लगाउने बताए पनि जनता समाजवादी पार्टीले १ हजार व्यक्तिहरुलाई पार्टी प्रवेश गराएको छ।  

मास्कबिना सयौँको संख्यामा कार्यक्रमस्थल पुगेका नेता कार्यकर्ताहरुले स्वास्थ्यका मापदण्डको कुनै प्रवाह गरेनन्। कार्यक्रमस्थलमा न त समाजिक दूरी पालना गरियो न त मास्क वा सेनिटाइजर नै राखिएको थियो। पार्टीका अध्यक्ष रामनरेश यादवले कार्यक्रममा स्वास्थ्यका मापदण्ड पालना गर्ने भनिए पनि नसकिएको स्वीकार गरे।

औराहाको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवंम् जसपा नेता भट्टराईले अहिलेको सरकार आफ्नै उल्झनमा बिलाउँदै गएको र कांग्रेस बुढो बाघ भइसकेकाले अबको विकल्प जसपा भएको दाबी गरे।

Laxmi sunrise bank
kumari

नेता भट्टराईले समाजवादी पार्टीमा कांग्रेसबाट महन्थ ठाकुर, एमालेबाट उपेन्द्र यादव र अशोक राई, माओवादीबाट आफू स्वयम् आएकाले परिवर्तनशील भिजन भएका नेताहरुबाटै देशले फड्को मार्न सक्ने भन्दै सबै समस्याको समाधान जसपाले नै गर्न सक्ने बताए।

हिन्दीमा भाषण गर्दै जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खसबाद मानसिकताले भरिएका सक्तासिन नेताहरुले मधेशको साझा मुद्दाका लागि संविधान संशोधन गर्न नमानेको आरोप लगाए। 

कार्यक्रममा जसपा नेता एवम् संघीय सांसद प्रदीप यादवले कांग्रेस र नेकपाका कार्यकर्ताले पार्टी प्रवेश कार्यक्रम विथोल्ने प्रयास गरेको तर आफूहरु सफल भएको दाबी गरे।

प्रकाशित: Oct 12, 2020| 14:50 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।