अर्घाखाँची- सन्धिखर्क नगरपालिका-४ वाङ्ला निवासी एक महिलाको कोरोनाको संक्रमणबाट मत्यु भएको छ।
भण्डारी पोखरा निवासी ७९ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या आएपछि आज बिहान उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल लगिएकामा लुम्बिनी अञ्चल अस्पताल बुटबलमा दिउँसो मृत्यु भएको स्थानीयवासी रामजी भट्टराईले बताए।
उपचारका सिलसिलामा गरिएको कोरोना परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको थियो। काठमाडौँमा बसोबास गर्ने उनको परिवार दशैँ मनाउन दुई हप्ताअघि आफ्नो घरमा आएको जनाइएको छ। रासस