काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका– ३ बस्ने गोरखा नगरपालिका–६ घर भएका ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई ब्यूरोले पक्राउ गरेको हो।
उच्च अदालत पाटनको ३० जेठ २०७७ को फैसलाले १५ दिन कैद र ३४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई चितवन रत्ननगरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
श्रेष्ठले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा पनि एक महिलालाई झुक्याएर सापटी लिएको रकम फिर्ता गर्नका लागि बिभिन्न बैंकहरुको चेक काटी दिएको घटनामा उच्च अदालत पाटनले श्रेष्ठलाई कैद तथा जरिवाना फैसला गरेको थियो।