मंगलबार, चैत ३, २०८२

राष्ट्रिय खुला तेक्वान्दोमा मूलपानीलाई तीन स्वर्ण

मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन सोमबार तीन स्वर्ण जितेको छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं- मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन सोमबार तीन स्वर्ण जितेको छ।

National life

कुल ११ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा आयोजक मध्येको एक मूलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो। त्यस्तै, स्युचाटार तेक्वान्दो डोजाङले २ तथा कोटेश्वर तेक्वान्दो डोजाङले ले १ स्वर्ण जितेको छ।

मूलपानी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा संयुक्तरुपमा आयोजित प्रतियोगिताको पुरुष १२ वर्षमा स्युचाटारका जेसन थापाले स्वर्ण जिते। रजत जितेका मूलपानीका भिजन तामाङले ६.१० अंक जोडे।

उक्त स्पर्धाको महिलातर्फ स्युचाटारकी ग्रिवानी थापा ६.३० अंकसाथ पहिलो भइन्। दोस्रो भएकी गोदाबरीकी सरगम थापाले ६.१६ अंक प्राप्त गरिन्।

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन र युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष १५ वर्षमा मूलपानीका आयुश ढुंगेल शीर्ष स्थानमा रहे।

Laxmi sunrise bank
kumari

६.३ अंक जोडेका आयुशले ६ अंक जोडेका मूलपानीकै महेश आङथुपुलाई पछि पारे। सोही स्पर्धाको महिलामा कोटश्वरकी सन्ध्या लामा च्याम्पियन बनिन्। सन्ध्याले ६.१३ अंक जोडिन्। ६.१० अंकसाथ मूलपानीकी प्रगति कुईकेल दोस्रो भइन्।

पुरुष ४१ वर्षमाथि मधुसुदन सापकोटाले मूलपानीलाई अर्को स्वर्ण दिलाए भने पाटनका ईश्वरराम बज्राचार्य दोस्रो भए।
महिला ३१–४० वर्ष समूहमा मूलपानीकी तृप्ति बुढाथोकीले पहिलो स्थान कब्जा गरिन्।

दुई दिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेनासहित विभिन्न ४४ टिमका २०८ खेलाडी सहभागी छन्।

हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउने छन्। 

सहभागीमध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ। अवार्डको राशी ५ हजार नगद छ। 

यो विधाको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियो युट्युबमा राखिने छ। त्यसमध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को अवार्ड प्रदान गरिने छ।

यसको नतिजा अक्टोबर २० तारिखमा सर्वाजनिक गरिने आयोजकले बताएको छ। प्रतियोगिताको निर्णायक मण्डलमा अशोक खड्का, हीराबहादुर थापा, नोर्बु लामा, विक्रम खड्गी र मीन न्यौपाने छन्।

प्रकाशित: Oct 12, 2020| 12:20 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।