शुक्रबार, फागुन २९, २०८२

यी हुन् कोरोना भाइरस संक्रमण तीव्र रहेका १० मुलुक

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

न्युयोर्क-  संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या ७९ लाख  ९१ हजार नाघेको  छ।

National life

पेसा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ।

कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात् विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७१ लाख २० हजारभन्दा बढी संक्रमित भएका र यस संक्रमणबाट एक लाख ९ हजार जनाको मृत्यु भइसकेको छ।

कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा संक्रमितको संख्या ५० लाख ९४ हजार नाघेको छ।

Laxmi sunrise bank
kumari

संक्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ। खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १३ लाख १२ हजार भन्दा बढी संक्रमित छन् भने २२ हजार  ७२२ जनाको मृत्यु भएको छ।

कोलम्बियामा ९ लाख ११ हजार ३१६ जना कोरोना भाइरस संक्रमित भएका छन् भने २७ हजार ८३४ जनाको मृत्यु भएको छ।

अर्जेन्टिना ८ लाख ९४ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने २३ हजार ८६८ जनाको मृत्यु भएको छ।

स्पेनमा ८ लाख ९० हजार ३६७ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ।

पेरुमा ८ लाख ४९ हजार ३७१ मा व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३३ हजार ३०५ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा ८ लाख ३७ हजार ७८१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ८३ हजार ७८१ जनाको मृत्यु भएको छ।

फ्रान्समा ७ लाख ३४ हजार ९७४ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भने ३२ हजार ६८३ जनाको मृत्यु भएको छ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ८१ हजार ७०९ जना पुगेको छ ।

यस भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७७ लाख ७९ हजार पुगेको छ। कुल संक्रमितमध्ये दुई करोड ८३ लाख ३६७ हजार भन्दा बढीलाई निको भएको छ। ८२ लाख ८२ हजार मानिस सक्रिय संक्रमित छन्। विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ।

बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ। रासस

प्रकाशित: Oct 12, 2020| 12:20 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।