मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • कोलकाता र बैंगलोरको भिडन्त : लयमा फर्किएका कोहलीले कस्तो प्रदर्शन गर्लान् ?

कोलकाता र बैंगलोरको भिडन्त : लयमा फर्किएका कोहलीले कस्तो प्रदर्शन गर्लान् ?

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (सोमबार) शारजहा रंगशालामा २८ औं खेल हुँदैछ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (सोमबार) शारजहा रंगशालामा २८ औं खेल हुँदैछ। आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ।

National life

यी दुवै टिमको पछिल्लो पाँच खेलको कुरा गर्ने हो भने बैंगलोरले एकमात्र खेल जितेको छ। त्यसैले आजको खेलबाट कोलकातालाई तेस्रो जित निकाल्ने अवसर रहनेछ।

उसले सुरुमा चेन्नईलाई १० रन र पञ्जाबलाई २ रनले हराएको थियो। तर बैंगलोरले यो सिजन ठिकठाक प्रदर्शन गरिरहेकाले कोलकातालाई ठूलो चुनौति भने रहनेछ। चेन्नईविरुद्ध पनि बैंगलोरले ठूलो जित निकालेको थियो।

आजको खेलमा केकेआरका आन्द्रे रसेल चोटका कारण र सुनिल नरेन शंकास्पद खेलका कारण टिमबाहिर रहने सम्भावना छ। यस्तो अवस्थामा लकी फर्ग्युसनलाई ठाउँ मिल्न सक्नेछ।

शनिबार पञ्जाबविरुद्धको खेलमा नरेनको बलिङ शंकास्पद पाइएपछि उनलाई ग्राउन्ड अम्पायरले चेतावनी दिएका थिए। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड( बीसीसीआई)ले पनि उनको अध्ययन गरिरहेको छ तर खेल्नका लागि हरियो झण्डा देखाएको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै, कोहली पछिल्लो खेलबाट सानदार फर्ममा फर्किएका छन्। उनले चेन्नईविरुद्ध ९० रनको अर्धसतकिय पारी खेलेका थिए। आज पनि उनको त्यस्तै प्रदर्शनको आशा रहनेछ।

आईपीएल इतिहास हेर्ने हो भने यि दुई टिमबीच २५ खेल भएका छन्। जसमा १५ खेल कोलकत्ताले जितेको छ भने १० खेल बैंगलोरले जितेको छ।

शारजहामा आज राति आकाश सफा रहनेछ भने तापक्रम २३ देखि ३७ डिग्री सेल्सियस रहने सम्भावना छ। यहाँ टस जित्ने टिमले ब्याटिङ गर्न रुचाउनेछ।

सम्भावित प्लेइङ ११ः

कोलकत्ताः दिनेश कार्तिक(कप्तान), शुभमन गिल, राहुल त्रिपाठी, निशित राण, इयोन मोर्गन, पैट कमिन्स, आन्द्रे रसेल, सुनिल नरेन, प्रशिद्ध कृष्ण, कमलेश नगरकोटी, वरुण चक्रवर्ती

बैंगलोरः विराट कोहली(कप्तान), एबी डिबिलियर्स, देवदत्त पोडिक्कल, एरोन फिन्च, क्रिस मोरिस, शिवम् दुवे, गुरकिरत मान सिंह, वाशिंटन सुन्दर, इसुरु उडाना, नवदिप सैनी, युजवेन्द्र चहल
 

प्रकाशित: Oct 12, 2020| 11:39 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।