काठमाडौं- यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका अर्थशास्त्री पल आर मिलग्रोम र रबर्ट विल्सनले पाउने भएका छन्।
स्टकहोमस्थित नोबेल कमिटीले लिलामीको सिद्धान्तमा सुधार र लिलामीको फर्म्याटमा नयाँ अन्वेषणका लागि दिन लागिएको जनाएको छ।
अर्थशास्त्रतर्फको नोबेल पुरस्कारमा प्रमाणपत्र, स्वर्ण पदक र ११ लाख अमेरिकी डलर दिइने नोबेल कमिटीले जनाएको छ।