शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अविश्वास प्रस्ताव ल्याउने प्रमुख सचेतकलाई मुख्यमन्त्री शाहीले गरे बर्खास्त

अविश्वास प्रस्ताव ल्याउने प्रमुख सचेतकलाई मुख्यमन्त्री शाहीले गरे बर्खास्त

कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका छन्। 
 |  सोमबार, असोज २६, २०७७

देव राना

देव राना

सोमबार, असोज २६, २०७७

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई पदमुक्त गरेका छन्। 

National life

आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन्।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएको तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामका लागि धन्यवाद दिँदै तपाईंलाई प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु’, मुख्यमन्त्री शाहीद्वारा हस्ताक्षरित पदमुक्त गरेको पत्रमा भनिएको छ। 

पदमुक्त गरिएको पत्रको बोधार्थ नेकपा कर्णाली प्रदेश, केन्द्रीय कार्यालय र प्रदेशसभा सचिवालयमा पठाइएको छ। 

यस्तै मुख्यमन्त्री शाहीले यसअघिकी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन्। 

Laxmi sunrise bank
kumari

शाह पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् भने नेपाली अर्का अध्यक्ष पुष्पकमल दाहाल निकट हुन्।

मुख्य मन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन शाहले समन्वयकारी भूमिका खेले हस्ताक्षर गर्ने १८ सांसदमा उनी छैनन्। बरु अविश्वासको प्रस्ताव सांसदहरुले संसदीय दलमा शाहलाई बुझाएका हुन्।

यद्यपी शाह मुख्यमन्त्रीका आकांक्षी सांसद यामलाल कंडेलका विश्वासपात्र हुन्।
 

प्रकाशित: Oct 12, 2020| 09:18 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।