आइतबार, असार २८, २०८३

फ्रेन्च ओपनमा नाडाललाई कीर्तिमानी १३ औं उपाधि

विश्व नम्बर वान नोभाक जोकोविचलाई हाउँदै राफेल नाडालले फ्रेन्च ओपनको उपाधि जितेका छन्। उनले कीर्तिमानी १३ औं पटक उपाधि जितेका हुन।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं- विश्व नम्बर वान नोभाक जोकोविचलाई हाउँदै राफेल नाडालले फ्रेन्च ओपनको उपाधि जितेका छन्। उनले कीर्तिमानी १३ औं पटक उपाधि जितेका हुन।

त्यस्तै रोजर फेडेररले बनाएको पुरुषतर्फको २० ग्राण्डलस्म उपाधिसँग पनि उनले बराबरी गरेका छन्। उनले उपाधिका लागि जोकोविचलाई ६–०, ६–२ र ७–५ को सोझो सेटमा हराएका थिए।

यता ३३ वर्षीय नम्बर वान जोकोविचले २०२० मा पहिलोपटक खेल हारेका छन्। उनले यसै वर्ष सिनसिनाटी र इटालियन ओपन जितिसकेका छन्। युएस ओपनमा भने अनुशासनको कारबाहीका कारण बीचमै बाहिरिएका थिए।

विश्व लङ टेनिसमा राजेर फेडेरर र नाडालले समान २० उपाधि जितेका छन्। भने जोकोविचले १७ उपाधि जितेका छन्। जोकोविच १८ औंउपाधि जित्ने दाउमा थिए। तर सकेनन।

नाडाल फ्रेन्च ओपनको इतिमासमा दुईपटक मात्र पराजित भएका छन्। त्यसमा एकपटक जोकोविचले नै हराएका थिए।

‘यो जित मेरोलागि सबैथोक हो,’ नाडालले भने। उनी रोल्यान्ड ग्यारेज मैदानमा सय खेल जित्ने पहिले खेलाडीसमेत बनेका छन्।

‘वास्तवमा मैले फेडेररको कीर्तिमानसँग बराबरी गर्छु भन्ने सोचेको पनि थिइनँ। यो मेरो लागि रोल्यान्डको जितमात्र हो,’ उनले भने, ‘मैले मेरो केरियरको महत्वपूर्ण समय यहाँ बिताएको छु।’
 

प्रकाशित: Oct 12, 2020| 01:51 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।