आइतबार, असार २८, २०८३

हाल्यान्डको ह्याट्रिकमा नर्वेको सानदार जित

युईएफए नेसन्स कपको आइतबार राति सम्पन्न खेलमा नर्वेले रोमानियाँमाथि सानदार जित निकालेको छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं- युईएफए नेसन्स कपको आइतबार राति सम्पन्न खेलमा नर्वेले रोमानियाँमाथि सानदार जित निकालेको छ।

नर्वेको उल्लेवाल रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले पहुना टिमविरुद्ध ४-० गोलअन्तरको जित निकालेको हो। जितका लागि युवा स्टार इर्लिङ ब्रुट हाल्यान्डले ह्याट्रिरक गरे भने अलेक्जेन्डर सोर्लोथले एक गोल गरे।

खेलको १३ औं मिनेटमा पहिलो गोल गर्दै नर्वेजियन स्टारले सुरुवाती अग्रता बनाए। मार्टिन ओडेगार्डको पास उनले सुरुवाती गोल गरेका थिए।

त्यस्तै विर्गर मेलिङको पासमा सोर्लोथले ३९ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

दुई गोलगको अग्रतासँगै पहिलो हाफ सकियो। दोस्रो हाफमा पनि हाल्यान्डले दुई गोल थपे।

उनले ओडेगार्डकै पासमा ६२ औं मिनेटमा गोल गरे भने सोर्लोथको पासमा ७४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।

जितसँगै तीन अंक जोडेको नर्वे ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने रोमानियाँ ४ अंकका साथ तेस्रो स्थानमा छ।

लिग बी, ग्रुप १ अन्तर्गत नै गएराति सम्पन्न अर्को खेलमा अष्ट्रियाले उत्तरी आयरल्यान्डलाई १–० गोलअन्तरले हराएको छ। जितसँगै अष्ट्रिया अंकतालिकाको शीर्षस्थानमा छ।

यस्तै आइतरबार राति नै भएको खेलमा पोल्यान्ड र इटालीले गोलरहित बराबरी खेलेका छन् भने कोसोभोविरुद्ध स्लोभाकियाको १–० गोलले जित निकालेको छ । 

त्यस्तै सर्वियाविरुद्ध हंगेरीले १-० गोलले जित हात पारेको छ । 
 

प्रकाशित: Oct 12, 2020| 01:43 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।