आइतबार, असार २८, २०८३

लुकाकूको गोलले टारेन इंग्ल्यान्डविरुद्ध बेल्जियमको हार

काठमाडौं– बेल्जियन फरवार्ड रोमेलु लुकाकूले गोल गरे पनि बेल्जियम इंग्ल्यान्डसँग २–१ गोलअन्तरले पाराजित भएको छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– बेल्जियन फरवार्ड रोमेलु लुकाकूले गोल गरे पनि बेल्जियम इंग्ल्यान्डसँग २–१ गोलअन्तरले पाराजित भएको छ।

इंग्ल्यान्डको वेम्बले रंगशालामा सम्पन्न खेलमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै घरेलु टिमले जित निकालेको हो।

पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै खेलको १६ औं मिनेटमा लुकाकूले गोल गरेका थिए। फिफा विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जीयमले सुरुवाती अग्रता बनाए पनि इंग्ल्यान्डका मार्कस रासफोर्डले ३९ औं मिनेटमै खेललाई बरबरीमा पुर्याइहाले।

उनले पनि पेनाल्टीमा पाएको अवसरको सदुपयोग गरे। बराबरीको अवस्थाबाट सुरु भएको दोस्रो हाफमा इंग्ल्यान्डका मेसन माउन्टले गोल गर्दै पाहुना टिमलाई हराउन निर्णायक गोल गरे।

उनले किरोन टिप्परको पासमा गोल गरेका थिए। जितसँगै इंग्ल्यान्ड अंकतालिकाको शीर्षस्थानमा छ भने हारका बाबजुद बेल्जियम लिग ए समूह २ को दोस्रो स्थानमा छ।

इंग्ल्यान्डको ७ अंक हुँदा बेल्जियमको समान तीन खेलबाट ६ अंक छ।

डेनमार्कको जित

रुनार मर, क्रिस्टियन इरिक्सन र रोबर्ट स्कोभलो १–१ गोल गरेसँगै ३–० गोलअन्तरका साथ डेनमार्कले आइसल्यान्डलाई हराएको छ।

आइस्ल्यान्डमा सम्पन्न खेलमा घरेलु टिमलाई हराउँदै डेनमार्कले तीन अंक जोडेको छ। ऊ लिग ए, समूह २ को तेस्रो स्थानमा छ भने समूहका चरणका तीनै खेलमा पराजित आइसल्यान्डले खाता खोल्न सकेको छैन।
 

प्रकाशित: Oct 12, 2020| 00:56 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।