मंगलबार, साउन १२, २०८३

१३ दिनदेखि खाडलमा फसेका मजदुरलाई प्रशासनले निकाल्न सकेन

भारतको राजस्थानको पाली जिल्लामा एक मजदुर ९० फिट गहिरो कुवामा १३ दिनदेखि फसेका छन्।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

भारतको राजस्थानको पाली जिल्लामा एक मजदुर ९० फिट गहिरो कुवामा १३ दिनदेखि फसेका छन्।

प्रशासनले अनेक प्रयास गर्दा पनि ४५ वर्षीय मुपाराम मीणालाई निकाल्न सकेको छैन। प्रहरीले त ती मजदुरलाई मृत घोषणा गरिसकेको छ। तर, शव फेला नपरी कसैलाई मृतक भन्न कसरी मिल्छ ?

पाली जिल्लाक प्रहरी अधिक्षक राहुल कातके भन्छन्, ‘यति दिनदेखि खाडलमा फसेको मानिस कसरी जिवित रहन सक्छ ? शव निकाल्न नसकिएको मात्र हो।’

२७ सेप्टेम्बरको साँझ करिब ४ बजे ती मजदुर काम सकेर घर फर्कने तरखरमा थिए। तर दुर्भाग्य ! उनकी पत्नी र चार छोराछोरीले १३ दिनसम्म पनि उनलाई देख्न पाएका छैनन्। रुँदारुँदा आँसु नै रित्तिसक्यो।

अब त सकुशल फर्किने आश पनि छैन। उनीहरु अब शव निकाल्नका लागि प्रशासनसँग गुहार मागिरहेका छन्। 
 

प्रकाशित: Oct 12, 2020| 00:47 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।