आइतबार, असार २८, २०८३

आईपीएल : दिल्लीलाई हराएर मुम्बई शीर्ष स्थानमा

दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं- दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।

आइतबार राति सम्पन्न २७ औं खेलमा जितका लागि १६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो। 

त्यसअघि शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १६२ रन बनाएको थियो। दिल्लीका ओपनर शिखर धवन ५२ बलमा ६ चौका र १ छक्का सहित ६९ रनमा अविजित रहेका थिए। दिल्लीले अन्तिम २४ बलमा एक विकेट गुमाउँदा ३५ रन जोडेको थियो।

यो जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक नै भए पनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ। कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ।

बेंगलोर ६ खेलमा ४ मा जित र २ मा हार सहित नेट रन रेटको आधारमा चौथो स्थानमा छ। सनराइजर्स हैदराबाद ७ खेलमा ४ मा हार र ३ मा जित र हारसहित पाँचौ स्थानमा छ भने राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ।

चेन्नई सुपर किंग्स ७ खेलमा ५ मा हार र २ मा जित सहित छैटौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ।

प्रकाशित: Oct 12, 2020| 00:25 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।