आइतबार, असार २८, २०८३

फ्रान्स र पोर्चुगलको बराबरी, क्रोएसियाको संघर्षपूर्ण जित

यूईएफए नेसन्स लिग अन्तर्गत आइतरबार राति सम्पन्न खेलमा साविक विजेता पोर्चुगलले २०१८ को फिफा विश्वकप विजेता टिम फ्रान्ससँग गोलरहित बराबरी खेलको छ।
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठामाडौं– यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक विजेता पोर्चुगलले २०१८ को फिफा विश्वकप विजेता टिम फ्रान्ससँग गोलरहित बराबरी खेलेको छ।

फ्रान्सको राजधानीमा सम्पन्न खेलमा क्रिस्टियनो रोनाल्डोले आफ्नो १०१ गोलभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्न सकेनन््। यता युवा फरवार्ड केलियन एम्वाप्पेले पानि गोलका लागि उपयुक्त अवसर पाएनन्।

स्टेडे दि फ्रान्समा सम्पन्न खेलमा बराबरी खेल्दै दुवै टिमले अंक बाँडेका छन्। पोर्चुगल ७ अंकका साथ शीर्षस्थानमा छ भने समान ७ अंकका साथ फ्रान्स लिग ए समूह तीनको दोस्रो स्थानमा छ।

खेलाडीलाई उर्जा दिन रंगशालामा एक हजार समर्थकको उपस्थिति थियो।

समूह तीन अन्तर्गतकै अर्को खेलमा क्रोएसियाले स्विडेनलाई २–१ गोलअन्तरले हराएको छ। जितका लागि निकोला भ्लासिच र आन्ड्रेस क्रामासिचले समान १–१ गोल गरे।

भ्लासिचले ३१ औैं मिनेटमा गोल गर्दै सुरुवाती अग्रती बनाए भने ६६ औं मिनेटमा स्विडेनका मार्कस बेर्गले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

तर, ८४ औं मिनेटमा क्रामरिचले गोल गरेपछी भने क्रोएसियाले जित हातमा लियो।

जितसँगै तीन अंक जोडेको क्रोएसिया समूहको तेस्रो स्थानमा छ भने अंकविहित स्विडेन पुछारमा छ।

प्रकाशित: Oct 12, 2020| 00:13 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।