मंगलबार, चैत ३, २०८२

आईपीएलमा राजस्थानको तेस्रो जित, हैदराबाद ५ विकेटले पराजित

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ।

National life

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हैदराबादविरुद्ध १५९ रनको लक्ष्य पछ्याएको राजस्थान १ बल बाँकी छँदा पाँच विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो।

१५९ रनको लक्ष्य पछ्याएको राजस्थानले ७८ रन बनाउँदा ५ विकेट गुमाएर दवाबमा परेको थियो। तर राहुल तेवटिया र रियान परागले ८५ रनको अविजित साझेदारी गरेर राजस्थानलाई जित दिलाए।

तेबटियाले २८ बलमा ४५ रन जोड्दै नटआउट रहँदा पराग पनि २६ बलमा ४२ रन जोडर नट आउट रहे। अन्तिम २ बलमा जितका लागि २ रन चाहिएको समयमा परागले छक्का प्रहार गर्दै एक बल बाँकी छँदै राजस्थानलाई जित दिलाए।

हैदराबादका खलिल अहमद र रासिद खानले दुई दुई विकेट लिए। 

Laxmi sunrise bank
kumari

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। हैदराबादका लागि मनिष पाण्डेले सर्वाधिक ५४ तथा डेभिड वार्नरले ४८ रनको योगदान गरे।

अहिले शीर्ष स्थानको दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स भिड्दैछन्।

प्रकाशित: Oct 11, 2020| 14:20 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।