शुक्रबार, फागुन २९, २०८२

बलात्कारीलाई फासीको सजाय दिने बंगलादेशको तयारी

बंगलादेशले बलात्कारीलाई फासीको सजाय दिने तयारी गरेको छ। श्रृंखलाबद्ध बलात्कार घटनापछि त्यहाँको सरकारले बलात्कारीलाई फासीको सजाय दिनेबारे विचार गरेको हो।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

एजेन्सी- बंगलादेशले बलात्कारीलाई फासीको सजाय दिने तयारी गरेको छ। श्रृंखलाबद्ध बलात्कार घटनापछि त्यहाँको सरकारले बलात्कारीलाई फासीको सजाय दिनेबारे विचार गरेको हो।

National life

केही दिनयता राजधानी ढाकालगायत मुख्य सहरहरुमा बलात्कारीलाई फासीको सजाय दिन माग गर्दै ठूला प्रदर्शनहरु भइरहेका छन्।

त्यहाँको सरकारले बलात्कारीलाई आजीवन काराबासको सजाय दिने गरेको छ।

कानून मन्त्री अनिसुल हकले अल जजीरासँगको कुराकानीमा बलात्कारीलाई फासीको सजाय दिने व्यवस्थासहितको प्रस्ताव सोमबारको मन्त्रिपरिषद बैठकमा पेस गरिने बताएका छन्।

उनले मन्त्रिपरिषद बैठकमा यौन उत्पीडनको घटनामा कडाभन्दा कडा सजाय दिने व्यवस्थासहितको प्रस्ताव लैजान लागेको बताएका छन्।

Laxmi sunrise bank
kumari

‘हामीले आजीवन काराबासको सजायलाई परिमार्जन गरेर अझै कडा सजाय दिने व्यवस्थाबारे सोचिरहेका छौँ, मन्त्री हकले भनेका छन्, ‘यसबारे थप निर्णय अधिकार प्रधानमन्त्री शेख हसिनासँग छ, उहाँले विचार गरेर निर्णय लिनुहुन्छ।’

झण्डै १७ करोड जनसंख्या रहेको मुस्लिम–बाहुल्य बंगलादेशमा गत हप्ता बलात्कारविरुद्ध ठूला प्रदर्शनहरु भएका थिए।
उनीहरुले बलात्कारीलाई फासीको सजाय हुनुपर्ने मागसहितका प्लाकार्ड बोकेका थिए।

‘बलात्कारीलाई फासी दे’, ‘बलात्कारीमाथि दया नदेखाउ’ जस्ता नारा लेखिएका प्लाकार्ड बोकेर दशैँ हजार विद्यार्थी र महिलाहरु प्रदर्शनमा उत्रिएका थिए। अल जजीराबाट

प्रकाशित: Oct 11, 2020| 12:35 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।