शनिबार, कात्तिक २९, २०८२

थिरजको ‘दासी बनेर जिउने’ रहर

गायक थिरज राईको ‘दासी बनेर जिउने’ गीतको भिडियो सार्वजनिक भएकाे छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं- गायक थिरज राईको नयाँ गीत सार्वजनिक भएको छ। उनको स्वर रहेको ‘दासी बनेर जिउने’ बोलकाे गीतको भिडियो टीएनएसपीएम मिडियाले शनिबार साँझ युट्युबमार्फत सार्वजनिक गरेको हाे।

National life

निर्देशक गोविन्द राईले जोन पुलामी मगर र उर्मिला गुरुङको जोडीलाई भिडियोमा रोमान्स गराएका छन्।

यसमा सचित राईको शब्द र गणेश चौधरीको संगीत समेटिएको छ। गायक राईले प्रेम र सुन्दरताको विषयवस्तु समेटिएको गजल प्याटर्नको गीत रहेको जानकारी दिए।

यो गजल उनको तेस्रो गीति एल्बम ‘निमन्त्रणा’ मा समेटिएको थियो। उक्त एल्बम केही वर्षअघि नै बजारमा आए पनि भिडियो बल्ल ल्याउन सकेको उनले सुनाए।

‘यसअघि दुईपटक सुटिङ गरे पनि विभिन्न कारणले भिडियो सार्वजनिक गर्न सकिएन’, उनले भने, ‘कोरोना महामारीका बेला भिडियो बनाउन जुरेको रहेछ। दर्शक/स्राेताले मेरा अन्य गीतजस्तै दासीलाई पनि माया गरिदिनुहुन्छ भन्ने विश्वास छ।’

Laxmi sunrise bank
kumari

उनले हालै ‘उदासी’ बोल गीतको भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियोमा पनि जोनलगायत कलाकारको अभिनय थियो।

निर्देशक राईले स्रष्टाहरूको ट्यालेन्टलाई सही तरिकाले मूल्यांकन गरिदिन दर्शक/स्राेतासमक्ष आग्रह गरे। यो भिडियोको पोस्ट प्रोडक्सनको काम रेन्बो रेज मिडियाले गरेको छ। 

 

प्रकाशित: Oct 11, 2020| 11:08 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्