मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएलमा आज दिउँसो राजस्थान र हैदराबाद खेल्ने, साँझ दिल्ली र मुम्बईको हेविवेट भिडन्त

आईपीएलमा आज दिउँसो राजस्थान र हैदराबाद खेल्ने, साँझ दिल्ली र मुम्बईको हेविवेट भिडन्त

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन्।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज आइतबार दुई खेल हुँदैछन्। दिउँसो पौने चार बजे हुने पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।

National life

डेविड वार्नरको कप्तानीमा रहेको हैदराबाद यो सिजन ६ खेलबाट तीन जित निकाल्दै ६ अंकका साथ पाँचौं स्थानमा छ।

त्यस्तै, स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान सुरुवाती दुई खेल जितेर पछिल्ला सबै खेलमा हार बेहोर्दै अंकतालिकाको छैटौं स्थानमा छ।

आजका खेलमा दुवै टिम जितसहित अंकतालिकामा स्थान सुधार गर्ने ध्येयमा हुनेछन्। आईपीएल इतिहास हेर्दा हैदराबाद र राजस्थानबीच ११ खेल भएका छन्। जसमा हैदराबादले ६ खेल जितेको छ भने राजस्थान पाँच खेलमा विजयी भएको छ।

आईपीएलमा हैदराबादले दुई उपाधि जितेको छ भने राजस्थानले एक उपाधि जितेको छ।

Laxmi sunrise bank
kumari

सम्भावित प्लेइङ सेटः
हैदराबादः डेविड वार्नर, जोनी बेयरस्टो, मनिष पाण्डे, केन विलियम्सन, प्रियम गर्ग, अभिषेक शर्मा, अब्दुल समद, राशिद खान, सन्दीप शर्मा, खलिल अहमद, टी नटराजन

राजस्थान रोयल्सः स्टिभ स्मिथ, जोस बटलर, यशस्वी जैसवाल, सन्जु समसन, महिपाल लोमरोर, राहुल तेबतिया, श्रेयस गोपाल, एन्ड्रु टाई, जोफ्रा आर्चर, वरुण एरोन, कार्तिक त्यागी

हैदराबाद र राजस्थानले दुबईमा प्रतिस्पर्धा गर्नेछन्। जहाँ आज राति आकाश सफा रहनेछ भने तापक्रम २५ देखि ३७ डिग्री सेल्सियस रहने छ। यहाँ टस जित्ने टिमले ब्याटिङ रोज्न मन पराउनेछ।

दोस्रो खेलमा दिल्ली क्यापिटल र मुम्बई इन्डियन्स

आज राति पौने ८ बजे अबुधाबीमा सुरु हुने खेलमा शीर्षस्थानको दिल्ली क्यापिटलले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ। दिल्ली यो खेल जिल्दै प्लेअफका लागि एक कदम अघि बढ्न चाहन्छ। मुम्बईको लक्ष्य पनि त्यही हुनेछ।

आईपीएल इतिहास हेर्दा यी दुई टिम बराबरीको अवस्थामा छन्। २४ खेलमध्ये आधा खेल दिल्ली र आधा मुम्बईले जितेको छ। तर मुम्बई चार पटकको आईपीएल विजेता हो भने दिल्लीले आजसम्म फाइनल खेल्ने अवसर पाएको छैन।

आजको खेलमा मुम्बईका रोहित शर्मा र दिल्लीका श्रेयस अयरको खेल केन्द्रमा रहनेछ। दुवै खेलाडी आआफ्नो टिमका कप्तानसमेत हुन्।

सम्भावित प्लेइङ सेटः

मुम्बईः रोहित शर्मा, क्विन्टन डिकक, सूर्यकुमार यादव, ईशान किसन, हार्दिक पाण्ड्या, किरोन पोलार्ड, क्रुणल पाण्डे, जेम्स पटिन्सन, राहुल चाहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमाराह

दिल्लीः श्रेयस अयर, ऋषभ पन्त, पृथ्वी श, शिखर धवन, शिमरोन हेट्मेयर, मार्कस स्टोइनिस, अक्षर पटेल, हर्षल पटेल, रविचन्द्र आश्विन, कागिसो रबाडा, एनरिच नोर्तजे

दिल्ली र मुम्बईको खेल अबुधाबी रंगशालामा हुनेछ। जहाँ आज राति आकास सफा रहनेछ भने तापक्रम २६ देखि ३५ डिग्रीबीच हुनेछ।

प्रकाशित: Oct 11, 2020| 08:04 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।