मंगलबार, साउन १२, २०८३

फ्रान्समा दुई साना विमान ठोक्किदा पाँच जनाको मृत्यु

फ्रान्सको पश्चिम–मध्य क्षेत्रमा उडिरहेका दुई साना विमान एकआपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं–फ्रान्सको पश्चिम–मध्य क्षेत्रमा उडिरहेका दुई साना विमान एकआपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको छ। 

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार टुर्स शहरको दक्षिण–पश्चिममा स्थानीय समयअनुसार शनिबार बेलुकी साढे चार बजे उक्त दुर्घटना भएको स्थानीय अधिकारीलाई उल्लेख गर्दै संचारमाध्यमले जनाएका छन्।   
दुई जना सवार माइक्रोलाइट विमान र तीनजना सवार रहेको विमान ठोक्किएका थिए। उक्त दुर्घटनामा पाँच जनाकै मृत्यु भएको थियो। 

घटनालगत्तै  ५० जना अग्निनियन्त्रक र आपतकालीन उद्दारकर्मी घटनास्थल पुगेका थिए। दुवै विमान जमिनमा खसेपनि जमिनमा भएकाहरुलाई भने क्षति नभएको जनाइएको छ। 

घटनाको अनुसन्धाज सुरु गरिएको संचारमाध्यमहरुले जनाएका छन्। 

प्रकाशित: Oct 11, 2020| 02:56 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।