आइतबार, असार २८, २०८३

युक्रेनका घरेलु समर्थकमाझ जर्मनीको सहज जित

युईएफए नेसन्स लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा जर्मनीले युक्रेनलाई हराएको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– युईएफए नेसन्स लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा जर्मनीले युक्रेनलाई हराएको छ। 

उसले युक्रेनको घरेलु मैदान एनएससी ओलिम्पियस्कीमा २० हजार समर्थकमाझ घरेलु टिमलाई २–१ गोलअन्तरले हराएको हो।

जर्मनीको जितका लागि माथिउज गिन्टर र लियोन गोरेटज्काले १–१ गोल गरे। 

खेलको २० औं मिनेटमा रौडिजरले दिएको पासलाई उपयोग गर्दै गिन्टरले गोल गरे। 

उनको गोलसँगै पहिलो हाफमा जर्मनी १–० गोलअन्तरले अघि रह्यो।

दोस्रो हाफको ४९ औं मिनेटमा जर्मनीले अर्को गोल थप्यो। यसपटक गोरेट्ज्काले गोल गरे। 

उनको गोलसँगै २–० गोलले अघि रहेको जर्मनीले ७६ मिनेटमा एक गोलको समान गर्यो।

रुस्लान मलिनोभ्स्कीले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै सान्त्वना गोल गरेपछि खेल २–१ गेलअन्तरले जर्मनीको पोल्टामा पर्यो।

उसले जारी सिजनमा पहिलो जित निकालेको छ। यसअघिका दुवै खेल बराबरी खेलेको जर्मनी समूहको दोस्रो स्थानमा छ।

यता पराजित युक्रेन भने तेस्रो स्थानमा छ। अंकतालिकामा जर्मनी र स्पेनको क्रमशः ५ र ३ अंक छ।

लिगमा आजका खेल 
क्रोएसिया र स्विडेनः
राति पौने १० बजे
इंग्ल्यान्ड र बेल्जियमः राति पौने १० बजे
नर्वे  र रोमानियाँः राति पौने १० बजे
पोल्यान्ड र इटालीः राति साढे १२ बजे
फ्रान्स र पोर्चुगलः राति साढे १२ बजे
सर्विया र हंगेरीः राति साढे १२ बजे
 

प्रकाशित: Oct 11, 2020| 02:16 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।