मंगलबार, चैत ३, २०८२

१९ वर्षीया स्विटेकले जितिन फ्रेन्च ओपनको उपाधि

पोल्यान्डकी १९ वर्षे खेलाडी इगा स्विटेकले पलिहिलोपटक ग्राडस्लम उपाधि जितेकी छन्। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– पोल्यान्डकी १९ वर्षे खेलाडी इगा स्विटेकले पलिहिलोपटक ग्राडस्लम उपाधि जितेकी छन्। 

National life

ग्राडस्लम उपाधि जितेपछि उनले यो ‘सरप्राइज विन’ भएको बताइन्।

उनी एक हप्ता अघिसम्म पनि टेनिस छोडेर विश्वविद्यालयमा केन्द्रीत हुने कि टेनिसमै भविष्य खोज्ने अन्योलमा थिइन्।

तर अहिले उनी फ्रेन्च ओपन जित्ने हालसम्मकै कम वरियताकी र २८ वर्ष यताकै युवा खेलाडी बनेकी छन्।

‘मैले यो ट्रफीको आशा गरेकी थिइनँ,’ उनले खेलपछि भनिन्।

Laxmi sunrise bank
kumari

अमेरिकी चौथो बारियताकी सोफिया केनिनलाई उनले २–० को सोझो सेटमा हराउँदै उपाधि जितेकी हुन्। 
फाइनलमा उनले ६–४, ६–१ को जित निकालेकी थिइन्।

‘यो साँच्चै नै अचम्म भयो। यो मेरो जीवन बदल्ने जित हो,’ उनले भनिन्, ‘मलाई लाग्छ मैले एक प्रकारको इतिहास बनाएँ।’

स्विटेकले प्रतियोगितामा कुनै सेट नहारिकनै उपाधि जितेकी हुन्। उनी ग्राडस्लम जित्ने पोल्यान्डकी पहिलो महिला खेलाडी पनि हुन्। 

त्यस्तै १९९२ मा मोनिका सिलेसपछि उनी उपाधि जित्ने सबैभन्दा युवा खेलाडी हुन्।

उनले सन् २०१८ मा विम्बल्डन जुनियरको उपाधि जितेपछि विश्वमा चर्चा कमाएकी थिइन्। 

अहिले ग्राडस्लम जितेपछि उनी टेनिसस्टार बनेकी छन्। तर उनले यसभन्दा पहिले भ्रमण गरेर खेल्नुपर्ने स्तरको प्रतियोगिता भने जितेकी थिइनन्। जुन उनले पेरिसमा जितिन्।

प्रेस मिटको अन्तिममा उनले सोधिन, ‘म बोल्नमा धेरै जान्ने छैन, दुई वर्षअघिको प्रतियोगितामा त कसलाई धन्यावाद दिनुपर्ने हो त्यो पनि थाहा थिएन्। के मैले अरु केही भन्नुपर्छ?’

उनले आफ्नो सफलताका लागि बुबा टोमास्जलाई धन्यवाद दिइन्।

प्रतियोगितापछि उनका प्रशिक्षक पिओतर सिर्जपुतोस्कीले टेनिस स्विटेकको ठूलो पार्ट नभएको बताएका छन्। 

उनले भने, ‘म उनलाई सेमी प्रो भनेर बोलाउथेँ, किनभने उनी स्कुलमा थिइन् र नियमित स्कुल जान्थिन्।’
त्यसैले विहान ७ बजे बाटै अभ्यास सुरु गर्थिन र दिउँसो स्कुल जाथिन्।
 

प्रकाशित: Oct 11, 2020| 01:23 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।