आइतबार, असार २८, २०८३

कोहली चम्किँदा बैंगलोरको सहज जित, चेन्नई पाँचौं पटक पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले ३७ रनको जित निकालेको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले ३७ रनको जित निकालेको छ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सलाई हराएर जित निकाल्दा बैंगलोरले कप्तान विराट कोहली म्यान अफ दि म्याच बने।

टस जितेर ब्याटिङ रोजेको बैंगलोरले सम्पूर्ण ओभर खेलेर चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो। १७० रनको लक्ष्य पछ्याएको चेन्नई पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १३२ रनमा समेटिएपछि बैंगलोरले जित निकालेको हो।

बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित ९० रनको पारी खेले। उनले समान चार चौका र चार छक्काको सहयोगमा ९० रन बनाए। त्यस्तै, देवदत्त पोडिक्कलले ३३ रन बनाए भने शिवम् दुवेले २२ रनबनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

चेन्नईका लागि श्रदुल ठाकुरले दुई विकेट लिए। दिपक चहार र साम कुरनले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा आएको चेन्नईका अम्बाती रायडूले ४२ रनको पारी खेले भने नारायाण जगादिसनले ३३ रन बानाए। कप्तान धोनी १० रनमै बाहिरिए। अन्य खेलाडीले पनि सम्झनलायक प्रदर्शन गरेनन्।

बैंगलोरका लागि क्रिस मोरिसले तीन विकेट लिए भने वासिंटन सुन्दरले दुई विकेट लिए। जितसहित बैंगलोर अंकतालिकाको चौथो स्थानमा छ भने चेन्नई पुछारबाट तेस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 11, 2020| 00:46 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।