आइतबार, असार २८, २०८३

सुदूरपश्चिम क्रिकेट संघले आकस्मिक सुरक्षा कोष स्थापना गर्ने

काठमाडौं– सुदूरपश्चिम प्रदेश क्रिकेट संघले आकस्मिक सुरक्षा कोष स्थापना गर्ने भएको छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं– सुदूरपश्चिम प्रदेश क्रिकेट संघले आकस्मिक सुरक्षा कोष स्थापना गर्ने भएको छ।

उसले सुदूरपश्चिमका जिल्ला संघबाट ५–५ हजार र प्रदेशबाट १५ हजार जम्मा गरेर कोष निर्माण गर्ने निर्णय गरेको हो।

प्रदेश अध्यक्ष हरि रेग्मीको अध्यक्षतामा आज शनिबार जुममार्फत बसेको बैठकले कोष स्थापना गर्ने लगायत विभिन्न विषयमा निर्णय गरेको छ। प्रादेशिक संघले असोज अन्तिमसम्ममा पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण सम्पन्न गरेर प्रदेशमा पेश गर्नुपर्ने निर्णय गरेको छ भने कात्तिकभित्रमा जिल्लाका क्लबहरुले जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने भएको छ।

साथै क्लबले दर्ताको प्रमाणपत्र जिल्ला संघलाई अनिवार्य बुझाउन प्रादेशिक संघले भनेको छ। त्यस्तै, बैठकले प्रादेशिक संघबाट माग भएका विवरण साधारण सभापूर्व नै उपलब्ध गराउन जिल्ला संघहरुलाई निर्देशन दिएको छ। संघको साधारण सभा कात्तिक अन्तिम हप्ता हुने भएको छ।

त्यस्तै, जिल्ला संघहरुले कात्तिक तेस्रो सातामा साधारण सभा गरिसक्नुपर्ने प्रादेशिक संघले निर्देशन दिएको छ। बैठकले प्रदेशलाई प्रशासनिक अनुदान कार्य समितिबाट स्वीकृत गराई खर्च गर्ने र बाँकी रकम निकास गर्न नेपाल क्रिकेट संघ(क्यान)लाई अनुरोध गरेको छ। अब प्रदेशले आफ्नै कर्मचारी नियमावली बनाउने भएको छ।

प्रकाशित: Oct 10, 2020| 15:50 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।