बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राहुल र अग्रवालले उत्कृष्ट साझेदारी गरे पनि पन्जाब दुई रनले पराजित

राहुल र अग्रवालले उत्कृष्ट साझेदारी गरे पनि पन्जाब दुई रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स दुई रनले विजयी भएको छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स दुई रनले विजयी भएको छ।

National life

अबुधाबीमा भएकाे खेलमा कोलकाताले किंग्स इलेवेन पन्जाबलाई हराएको हो। पन्जाबका ओपनर मायंक अग्रवाल र कप्तान केएल राहुलले ११५ रनको साझेदारी गरे पनि विजयी हुन सकेनन्।

टस जितेर ब्याटिङ रोजेको कोलकाताले ६ विकेटको क्षतिमा सम्पूर्ण ओभर खेलेर १६४ रन बनाएको थियो। १६५ रनको लक्ष्य पछ्याएको पन्जाबले सम्पूर्ण ओभर खेलेर पाँच विकेटको क्षतिमा १६२ रनमा समेटिएपछि खेल कोलकाताको पोल्टामा परेको हो। 

पहिलो पारी सम्हालेको पन्जाबले खराब सरुवात गर्दै १४ रनमै दुई विकेट गुमाएको थियो। तर शुभम् गिल विकेट सम्हालेर ५७ रनको अर्धशतीय पारी खेल्दै रनआउट भए।

आठ चौका र दुई छक्का प्रहार गर्दै ५८ रनको अर्धशतकीय इनिङ खेलेका कप्तान दिनेश कार्तिक पनि रनआउट बने।

Laxmi sunrise bank
kumari

त्यस्तै, इयोन मोर्गनले २४ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

पन्जाबका मोहम्मद सामी, हर्षदीप सिंह र रवि विस्नोईले समान १–१ विकेट लिए।

जबाफी ब्याटिङमा पन्जाबका ओपनर राहुल र अग्रवालले ११५ रनको अर्धशतकीय पारी खेले। कप्तान राहुलले ६ चौकाको सहयोगमा ७४ रन जोड्दै आउट भए भने अग्रवालले ६ चौका र एक छक्का हिर्काउँदै ५६ रन बनाए।

पन्जाबका प्रसिद कृष्णले तीन विकेट लिएका थिए भने सुनिल नरेनले दुई विकेट लिए।

चौथो जितसहित कोलकाता अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित पन्जाब भने दुई अंकका साथ अंकतालिकाको अन्तिममा छ।

प्रकाशित: Oct 10, 2020| 14:35 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।