आइतबार, असार २८, २०८३

राखेपमा ११ जना सदस्य नियुक्त

मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ९ सदस्य नियुक्त गरेको छ।
 |  शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७

काठमाडौं- मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ९ सदस्य नियुक्त गरेको छ।

साथै राखेपको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले दुई महिला सदस्यको नियुक्ति गरेको मन्त्रालयले जानकारी दिएको छ।

राष्ट्रिय खेलकुद विकास ऐनको दफा ३ को उपदफा २ (ट) अनुसार सरकारले देशको खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय र अन्तराष्ट्रिय पूर्व खेलाडीमध्ये सबै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी आदिवासी, जनजाति, दलित, खस आर्य, मुस्लिम, मधेसी, थारु र पिछडिएको क्षेत्रबाट तीन महिलासहित सदस्यहरु मनोनयन गर्ने व्यवस्था छ।

नियुक्त हुनेमा हरि खड्का, मानदेव हजारा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्र बदना राई र सुमित्रा चौधरी रहेका छन्। नन्दा बस्याल, चन्द्र बदना राई र सुमित्रा चौधरी महिलाबाट मनोनयन भएका हुन्।

त्यस्तै, खेलकुद संघबाट आएको महिला कोटामा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठ पनि राखेपको सदस्यमा नियुक्त भएका छन्।

परिषद् समिति ३७ जनाको हुनेमा यसअघि पनि राखेपका अध्यक्ष एवम् खेलकुद मन्त्री विश्वकर्माले ६ जना नियुक्त गरिसकेका छन्। अब राखेपको कार्यकारी समितिले पनि पूर्णता पाउने भएको छ।

प्रकाशित: Oct 10, 2020| 10:15 शनिबार, असोज २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।